‘गम्भीर अपराधमा मिलेमतो गर्ने प्रहरी होईन, दलालसँग जानु छ भने किन प्रहरी हुनु

 

 

काठमाडौं साउन २३। सर्वेन्द्र खनाल प्रहरी महानिरीक्षक आईजिपी मा नियुक्त भएको सय दिन पुरा भएको छ । प्रहरीमा लामो समयदेखि रोकिएको बढुवा प्रक्रिया उनले यसबीच फुकाएका छन् ।

 

विगतमा प्रहरीभित्र हुने गरको राजनीतिक हस्तक्षेप र बिचौलियाको प्रभाव,एआईजी बढुवामा भएको ढिलाई तथा प्रहरीको सेवा अवधिजस्ता विषयमा नागरिक दैनिकका गुणराज लुइँटेल र टपेन्द्र कार्कीले खनालसँग गरेको संवादको केहि अंश :

 

विचौलियाको प्रभाव अत्यधिक छ । नेपाल प्रहरीलाई बिचौलियामुक्त कसरी बनाउनुहुन्छ र ? 

 

दलाल, बिचौलिया जस्तोसुकै रुपमा आए पनि उनीहरुलाई प्रवेश निषेध छ ।  नेपाल प्रहरी सबैका लागि समान छ । जसको पहुँच छैन, त्यसको सेवामा नेपाल प्रहरी झन् लाग्नुपर्छ । प्रहरी भइसकेपछि बिचौलिया वा दलालसँग जानु छ भने किन प्रहरी हुनु ? म अहिले आईजिपी भएर मा भनेको होईन, मैले विगतदेखि भन्दै आएको छु ।

 

प्रहरीभित्र अत्याधिक राजनीतिक हस्तक्षेप छ ?

 

हस्तक्षेप निम्त्याउने प्रहरी पनि होला, चाहना राख्नु राजनितिक तहमा पनि होला । चाहना राख्ने र निम्त्याउने दुवैका कारणले राजनीतिक हस्तक्षेप भएको हो ।

 

कतिपय सन्दर्भमा चेन अफ कमान्ड राजनीतिसँग हो कि आईजिपीसँग हो भन्ने छुट्याउन कठिन देखिन्छ नि ?

 

मैले प्रहरीको नेतृत्व सम्हालेपछि त्यस्तो अवस्था छैन । जहिले सरकार, गृह मन्त्रालय र प्रहरी संगठनबीच कुनै त्यस्तो अन्तद्र्धन्द्ध छैन ।त्यो हुनु पनि हुँदैन ।, नागरिक दैनिकबाट।