आवाजभन्दा ६ गुणा छिटो गतिमा उड्ने विमान बनायो चीनले

 

काठमाडौं साउन २३। एकपछि अर्काे सफलता हासिल गर्दै गएको चीनले फेरि विश्वलाई नै चकित बनाउने आविस्कार गरेको छ।

अन्तर्राट्रिय सञ्चारमाध्यमका अनुसार आफ्नो पहिलो हाइपर सोनिक विमानको सफल परीक्षण गरेको हो। सिङकङ–२ वा स्टारी स्काई–२ नाम दिइएको उक्त विमानको गति आवाजभन्दा ६ गुणा बढी रहेको छ।

 

गत शुक्रबारको परीक्षणमा विमानले विमानले एक सेकेण्डमा २ दशमलव शून्य ४ किलोमिटरको दूरी पार गरेको थियो। जुन आवाजको गतिभन्दा ५ दशमलव ९ गुणाले छिटो हो। विमानले प्रति घण्टा ७ हजार तीन सय ४४ किलोमिटरको गति तय गरेको थियो।

 

यो विमानलाई मल्टी स्टेज रकेटको माध्यमबाट परीक्षण उडानका लागि आकाशमा छाडिएको थियो। यो विमानमा चीनले वेभराइडर टेक्नोलजीको प्रयोग गरेको छ।वेभराइडर भएपछि हाइपरसोनिक विमानले लिफ्टिङका लागि आफ्नै शक वेभ्सहरु प्रयोग गर्ने गर्छ।

 

विमानले परमाणू अस्त्रहरु बोक्न सक्ने र विश्वमा अहिले निर्माण गरिएको कुनै पनि एन्टि मिसाइल डिफेन्स सिस्टमलाई छल्न सक्ने बताइएको छ।