वरिष्ठ चित्रकार मनुजबाबु मिश्रको निधन

 

काठमाडौं, साउन २३ । वरिष्ठ चित्रकार एवं साहित्यकार मनुजबाबु मिश्रको ८३ वर्षको उमेरमा निधन भएको छ। मिश्रको गएराति हृदयाघातका कारण निधन भएको हो।

 

आफ्नै निवासमा सुतेको अवस्थामा राति २ बजे उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उच्च रक्तचापबाट ग्रसित मिश्र दुई दशकदेखि आफ्नो निवास (गुफा) बाट बाहिर निस्किएका थिएनन्।

 

उनको आत्मकथा ‘हर्मिताज : अढाई दशक गुफामा’ दुई वर्षअघि प्रकाशित भएको थियो। मिश्र विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र तथा ‘कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेशन’का प्रिन्सिपल डा मञ्जु मिश्रका बुबा हुन्।

कान्छो छोरा विदेशबाट आएपछि सम्भवतः बिहीबार मिश्रको अन्त्येष्टि गरिने जनाइएको छ। उनका श्रीमती, दुई छोरा र दुई छोरी छन्।
रासस