प्रकाण्डलाई पाँच दिन थुनामा राख्न आदेश

काठमाडौं, साउन २३।नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायत नेतालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले आदेश दिएको छ ।

 

पक्राउ परेका नेताहरुले व्यापारीलाई धम्क्याएर ७ करोड रुपैयाँ चन्दा असुलेको प्रहरीले आरोप लगाएको छ। विभिन्न व्यवसायीलाई धम्काएर चन्दा असुलेको उजुरी परेर उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।

 

पक्राउ परेका प्रकाण्डसहितका नेतालाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले ५ दिनको म्याद दिएको छ। प्रकाण्ड पूर्व मन्त्री समेत हुन्। उनीसहित मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्य ‘विमर्श’ लाई प्रहरीले काठमाडौंको चाल्नाखेलबाट गएराती पक्राउ गरेको हो ।

 

सो पार्टीका पोलिब्यूरो सदस्यहरु मोहन कार्की, कृष्ण धमला, ओमप्रकाश पुन र पदम राईसहितका नेताहरुलाई पनि पक्राउ गरी प्रहरीले मुद्दा अघि बढाएको छ।