छोरीको हत्या गरेको अभियोगमा बाबु आमासहित एकै परिवारका ४ जना पक्राउ

वीरगञ्ज साउन २३ । बारामा छोरीको हत्या गरेको अभियोगमा प्रहरीले बाबु आमासहित एकै घरका चार जना सदस्यलाई पक्राउ गरेको छ । बुधबार कलैया उपमहानगरपालिका ५ घुसुकपुर टोल बस्ने १७ बर्षिया प्रियंकाकुमारी मिश्रको हत्यामा संलग्नको आरोपमा उनको बाबुआमा सहित ४ जनालाई पक्राउ गरिएको हो ।

 

प्रहरीले घटनामा संलग्न रहेको आरोपमा प्रियंकाको बाबु ब्रजकिशोर मिश्र, आमा पुष्पादेवी मिश्र, काका हरिकिशोर मिश्र र रामनाथ मिश्रलाई पक्राउ गरेको हो ।

 

असार १२ गते बेलुका उपचारको लागि वीरगञ्ज लैजादै गर्दा बाटोमा मृत्यु भएको बताइएपनि प्रियंकाको हत्या भएको दावी स्थानीयले गरेका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धान पछि साउन २१ गते उनीहरुलाई पक्राउ गरेको थियो । उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्धा दर्ता गरिएको छ ।