प्रकाण्डको गिरफ्तारी अत्यन्तै निन्दनीय र दुःखद :वैध

 

काठमाडौं साउन २३। नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्यले नेकपाका प्रवक्ता प्रकाण्डको गिरफ्तारी अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय भएको बताएका छन् । वैद्यले आज एक विज्ञप्ति जारी गर्दै आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरुलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय भएको उल्लेख गरेका छन् ।

 

उनले गिरफ्तार गरिएका प्रकाण्डलगायत सबै नेता तथा कार्यकर्ताहरुको विनाशर्त अविलम्ब रिहाई गर्नका लागि सरकारसँग जोडदार माग समेत गरेका छन ।

 

यस बिषयमा महासचिव वैद्यद्वारा जारी विज्ञप्तिमा भनिएको छ – ” नेपाल कम्युनिस्ट पार्टी (विप्लव)का स्थायी समिति सदस्य तथा प्रवक्ता क.प्रकाण्डसहित तीन जना कमरेडहरुलाई नेपाल सरकारले यही साउन २२ गते साँझ काठमाडौंको दक्षिणकालीबाट गिरफ्तार गरेको समाचार प्रकाशमा आएको छ ।

 

आफूलाई वाम तथा कम्युनिस्ट बताउने सरकारले कम्युनिस्ट क्रान्तिकारीहरुलाई यसरी गिरफ्तार गर्नु अत्यन्तै विडम्बनापूर्ण,निन्दनीय र दुःखद विषय हो । हाम्रो पार्टी यस प्रकारको गिरफ्तारीको घोर विरोध एवम् भत्र्सना गर्दछ । साथै, हाम्रो पार्टी गिरफ्तार गरिएका कमरेड प्रकाण्ड लगायत सबै नेता तथा कार्यकर्ताहरुको विनाशर्त अविलम्ब रिहाई गर्नका लागि सरकारसँग जोडदार माग गर्दछाै।