विप्लव समूहका प्रवक्ता विश्वकर्मा पक्राउ, ७ करोड चन्दा असुली गरेको अभियोग

 

काठमाडौं, साउन २४ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पक्राउ गरेको छ । उहाँलाई प्रहरीले दक्षिणकाली नगरपालिका–१ चाल्नाखेलबाट पक्राउ गरेको हो ।

 

प्रहरीले प्रवक्ता विश्वकर्मालाई उद्योगी व्यवसायीबाट ७ करोड भन्दा बढी चन्दा असुल गरेको भन्दै पक्राउ गरेको दावी गरेको छ । प्रहरीले विकलाई चन्दा ऐन अन्तर्गत पाँच दिनका लागि जिल्ला अदालत काठमाडौबाट म्याद थपेर थप अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकुमा राखेको छ ।

 

विकसँगै उहाँका सहयोगी हरिचन्द्र आचार्य र गाडीका चालक मनबहादुर श्रेष्ठलाई पनि पक्राउ गरेर मुद्दा चलाएको छ ।

नेकपाका नेता एकराज भण्डारीले प्रवक्ता विकको भनाइ उद्धृत गर्दै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘मलाई बिना कारण हेडांैडाबाट काठमाडौंै आउँदै गर्दा टौदहमा पक्राउ गरेर अनावश्यक मानसिक टर्चर दिने, काम भयो, रातभर कालो माक्स लगाएर बुधवार मात्र मुखमा लगाएको पट्टी खोलियो, खान पनि दिइएन ।’ -नेपाल समाचारपत्र