गणेश लामा दोषी ठहर, करीब डेढ करोड जरिवानासहित १ वर्ष कैद हुने

 

काठमाडौं, साउन २४। विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामा दोषी ठहर गरेको छ ।

 

अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायधिश द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले लामाको मुद्दामा बिहीबार फैसला गरेको हो । लामालाई १ वर्ष कैदसहित, बिगो बराबरीको जरिवाना पनि हुने फैसला सुनाइएको हो ।

 

लामामाथि १ करोड ४० लाख ५० हजार रुपैयाँ बिगो दाबी गर्दै ५ जेठ ०७० मा विशेष अदालतमा मुद्दा दर्ता भएको थियो । हाल लामा केन्द्रीय कारागारमा छन् ।