अहिलेकाे सरकारी (नेकपा ) कम्यूनिष्ट को नाममा कलंक

हस्त बहादुर केसी

अहिलेको वर्तमान राजनीतिलाई कसरी लिनुभएको छ ?

अहिलेको वर्तमान राजनीति प्रतिक्रान्तिको चरम अवस्थामा पुगेको छ। कम्यूनिष्ट नामको जाे (नेकपा) बनेको छ त्यसले कम्यूनिष्ट पार्टीको खोल ओडेर वा दोसल्लाह उडेर नेपाली जनतामा भ्रम पैदा गरेको छ ।त्यो शक्ति नै दुईतिहाइको  घमण्डमा सत्ता चलाइरहेको हुनाले आज देश दिशाविहीन हुनपुगेको छ।

भ्रष्टाचार मौलाएको छ शान्ति सुरक्षाको कुनै प्रत्याभूति छैन दिनदहाडै बालिका बलात्कृत भएका छन् अपराधीलाई कारबाही भएको छैन राष्ट्रिय स्वाधीनता  धरापमा परेको छ । यिनी हिसाबले हेर्दा खेरि कम्युनिस्टको नाममा जाे सत्तामा गएका छन् ।त्यसले आज दक्षिणपन्थी संशोधनवाद मात्र होइन प्रतिक्रान्तिकारी शक्तिको रुपमा गएका अरू प्रतिगमन सरकारमा गएर कम्युनिष्टको नामबाट शासन गरेको हुनाले क्रान्तिको धारा प्रवाहलाई छिन्नभिन्न पार्ने प्रयत्न गरेको हुनाले  क्रान्तिप्रतिको संकट पइदा हुने अवस्था सिर्जना भएको मैले महसुस गरेको छु।

 अहिलेको (नेकपाले) भन्ने गरेको समाजवादलाई कसरी लिनुभएको छ ?

पहिलो नम्बरमा बा्केट भित्रको (नेकपा) कम्युनिस्ट पार्टी होइन र दक्षिणपन्थी विसर्जनवाद बाट पतन हुँदै प्रतिक्रियावाद मा पुगेर उनीहरुले सर्वहारावर्गको र नेपाली जनताको हित गरेका छैनन् अहिले दलाल पुँजीपति नौकरशाही वर्गको संरक्षण गरेका छन्। सत्ताको सेवकका रुपमा काम गरिरहेका छन् । उनीहरुले भनेको समाजवाद होइन समाजवादले जाे माक्र्स ,लेनिन, माओमा आधारित वैज्ञानिक समाजवाद होइन उनीहरुले भन्ने गरेको समाजवाद बिपीले अगाडि सारेको प्रजातान्त्रिक समाजवाद हो र अन्त फरक पूर्वी युरोपका विसौ राष्ट्रमा लागू भएको स्वसअल डेमाेके्टिक पार्टीको रुपमा निर्देशित भएर चलेको समाजवाद त्यो बुर्जुवा समाजवाद हो ।त्यतिमात्र होइन मार्क्स र एंगेल्सले घोषणापत्रमा भन्नुभएको छ समाजवाद तीन किसिमका हुन्छन्। १.काल्पनिक समाजवाद २. वैज्ञानिक समाजवाद   ३.प्रतिक्रिया समाजवाद ,त्यसभित्र फेरि सामान्ती समाजवाद भन्नुभएको छ।

अहिले यिनीहरुले  भन्नेगरेको समाजवाद प्रतिक्रिया समाजवाद हो त्यसो भएर जनतालाई झुकाउने कुरा मात्र हो । अहिले हामीले देखेउ नि समाजवादीलाई जनताका हक अधिकारका कुरा खै उठाएका एउटा जनताले पाउने सामान्य शिक्षा स्वास्थ्य जस्ता कुरालाई पनि सरकारले ध्यान दिइएको छैन । जनतालाई दिनुपर्ने सामान्य छुट पनि दिएको छैन ।गरिब सर्वहारा वर्गका छोराछोरीलाई समाजवाद ल्याउने सरकारले शिक्षा स्वास्थ्यको पहुँच मा ल्याएको खै गरिब जनताका छोराछोरीलाई ।त्यसैगरी कृषकहरुलाई खै त जमिनको मालिक बनाएको कृषक जनतालाई त जमिनको मालिक बनाउन तिर जानु पर्छ नि। तर त्यसमा समाजवादी सरकारको ध्यान छैन।त्यसैगरी उद्योगधन्दा कलकारखाना खोल्नु छैन भएका पनि बन्द गरिएका छन् अनि खै सरकारले मजदुरलाई र जनतालाई मालिक बनाउनु छाै भनेकाे हाेइन अहिले राष्ट्रिय पूँजीपतिवर्ग हरुलाई संरक्षण गरी एकअधिकार पुजिबाद तिर गएको हुनाले अब यिनीहरुसँग कुनै वर्ग छैन तर यिनीहरुले  कम्युनिस्ट पार्टीको नामबाट यिनीहरु पुँजीपति वर्ग नौकरशाही दलाल सामन्तवर्गको संरक्षण गर्न सत्तामा गएका हुनाले यिनीहरुले भनेको समाजवाद कालमाक्स, एंगेल्स ले भनेकै प्रतिक्रिया समाजवाद हो यिनीहरुले नेपाली जनतालाई वैज्ञानिक समाजवाद र साम्यवादसम्म पुग्ने भने जाे लक्ष्यले मात्र पुर्याउन सक्दैन ।

 अहिलेको समयमा आत्मगत र वस्तुगत दुवै हिसाबले कतिको बलियो छ ?क्रान्तिकारी माओवादी!

– हाम्रो पार्टी क्रान्तिकारी माओवादी नयाँ जनवादी क्रान्ति को ऐतिहासिक कार्यभार पुरा गर्ने एउटा अवस्थामा छ। मार्क्सवाद-लेनिनवाद र माओवाद को पथप्रदर्शकको सिद्धान्त  निर्देश पार्टी भएको हुनाले वर्तमान नेपाली क्रान्तिलाई निर्देश गर्ने बाटोमा अगाडि बढिरहेको छ। तपाईंले भन्नुभएको जस्तो आत्मगत र वस्तुगत हिसाबमा कत्तिको बलियो छ । भन्नुपर्दा नेपाली क्रान्तिको नीति पहिले पनि त्यतिकै थियाे र अहिले पनि त्यतिकै परिपक्क नै छ। धरातल क्रान्तिकै बाटोमा अगाडि छ तर आत्मगत स्थितिमा हामी असाध्यै कमजोर छौं र रक्षात्मक स्थितिमा छौं भन्दा हिजो जनयुद्धबाट आएकाे ठूलो शक्ति नवसंशोधनवाद हुँदै  प्रतिक्रान्तिबाट ,प्रतिक्रियावाद हुन पुगे र त्यसपछि ठूलो भ्रम सिर्जना भयो र अविश्वासको संकट पइदा भयो यिनीहरुका कारणले गर्दा दक्षिणपन्थी संशोधन हावाहुरीले क्रान्तिकारी हरूलाई तहसनहस पार्न खोज्यो तर हामि तहसनहस भएनाै र का्न्तिकारीलाइ एकता बद्द गर्दै हामी क्रान्तिका निम्ति सशस्त्र जनविद्रोहको कार्यदिशा तय गरेका छौं।

 

नेपाली क्रान्तिको वर्तमान वर्गविश्लेषण ठोस ढंगले र सहि ढंगले नै गरेका छौं र हामीले हाम्रो पार्टीको राष्ट्रिय सम्मेलनबाट फौजी कार्यदिशा पारित गरिसकेका छौं। त्यसो भएर क्रान्ति को नीति र योजना हाम्रो पार्टीको सही छ। तर वस्तुगत स्थिति ठिक हुँदाहुँदै आत्मगत स्थितिलाई परिपक्क बनाउन हामी कमजोर भयाै याे कुरा सहि साँचो हो। तर त्यस्को निम्ति हामीले पार्टीलाई  बनाइराखेका छौं हाम्रो विचार ठीक छ माअाेले भने जस्तै क्रान्तिका निम्ति तिन जादुकरी हतियार् छन् सेना ,हतियार, संयुक्तमाेर्चा  निर्माण गरी पर्टीकाे अात्मागत स्थितिलाइ बलियाे बनाउन अहिले हामाे्  सिंगाे   पार्टीका नेता कार्यकर्ता शक्ति निर्माण गर्ने दिशातिर लागिराखेका छौं। हामीले जबसम्म पार्टीको मातहतमा माअाेले भनेझैं  सेना  बिनाको कम्यूनिष्ट र जनता केही पनि होइन भने जस्तै हामी पनि सेना निर्माण नगरी हाम्रो पार्टीकाे आत्मगत  स्थिति बलियो बनाउन सक्तैनाै त्यसैले अव हामि सेना निर्णमा गर्दैछाै हाम्रो पहल जारी छ।

 कम्युनिष्टको नाममा दक्षिणपन्थी र संशोधनवादीहरू एकताबद्ध हुँदै गएका छन्। क्रान्तिकारी भन्नेहरु के गर्दैहुनुहुन्छ?

-यो इतिहासको नियम हो । महान लेलिनले भन्नुभएको छ दक्षिणपन्थी संशोधनवाद र दक्षिणपन्थी बाटोहुँदै पद केन्द्र हुँदै पतन हुन्छन् भन्नुभएको छ ।त्यो कुरा अहिले लागू भएको छ  त्यो पनि हाम्रो जीवनमा हाम्रो इतिहासमा हाम्रो माओवादी आन्दोलनमा त्यसैले यिनीहरुले नजानु पर्थ्यो संशोधन बाटोहुँदै त्यता अवसरवादमा अब फसि हाले अहिले प्रतिक्रियावादीलाई सेवा संरक्षण गर्ने तहमा पुगिसके एउटा नकारात्मक पक्ष हो तर नेपाली क्रान्तिको मैदान खाली छ त्यसकाे लागि सकारात्मक पक्ष पनि हो।

हामी त्यो क्रान्ति जुनखाले तयारी गरिरहेका छौं यसले गर्दाखेरि उनीहरु फेरि हाम्रो क्रान्ति धारबाट बचनेवाला छैनन्। किन भन्दा क्रान्तिको निम्ति धेरै ठूलो जत्थाले काम गर्दैन त्यसैले लेलिनले जनविद्रोह सफल पार्न त्यहाँ कम्यूनिष्ट पार्टी ठूलो थिएन। देशभरी पनि थिएन लेलिनले शहरबाट क्रान्ति सुरु गरेर जनविद्रोह गरी पहिला केन्द्रीय सत्ता शहरबाट कब्जा गरेर गाउँतिर लगेका थिए। हामीले चाहिँ गाउँबाट सत्ताकब्जा गर्दै केन्द्रीय सत्ता कब्जा गर्ने कार्यदिशा अनुसार हामी अगाडि आएका थियाे तर महान् जनयुद्धको प्रक्रियामा त्यो हामीलाई अनुभव पनि छ।

फेरि हामीले अहिले सशस्त्र जनविद्रोहको माध्यमबाट शहरबाट क्रान्ति सुरु गरेर गाउँतिर लैजाने याेजना छ यसको निम्ति हामीले तयारी गरेका छौं ।तयारी पुगेको छैन तर सानो भन्दैमा केही छैन कम्यूनिष्ट आन्दोलन हेर्दा सानो ठुलो भएका इतिहास छन् । यो फेरि विज्ञानको नियम पनि हो समाजको नियम पनि यही हो। एकपटक एमाले पनि कति ठूलो थियो त्यसपछि बीचमा फेरि सानो भएर खतम स्थितिमा आको थियो त्यसैगरी फेरि अहिले ठूलो भएको छ । त्यस्तै माओवादीको पनि हेर्ने हो भने त्यस्तै छ जनयुद्धबाट आएपछि कति ठुलो थियो अहिले यो स्थितिमा आएको छ त्यसैले हामी पनि एकपटक ठूलो पार्टी बन्छ छौ।

किनभने हाम्रो कार्यदिशा सही छ र हाम्रो विचार नै सबैभन्दा ठूलो कुरा हो र हामीले मात्र भनेको होइन रसियान साहित्यकार विश्वप्रख्यात (मेसम  घुर्कोले )भनेका छन् पहिला पाखुरा भन्दा पहिला दिमागलाई मजबुत बनाउ भनि उहाँले लेलिन लाई दिइएको सल्लाह हाे र हामीसँग त्यो छ हामी गर्छौं जहाँसम्म अब यो विश्वासको संकट छ त्यो पनि प्रचण्ड बाबुरामको कारणले भएको हो अथवा हाम्रो नेतृत्वको कारणले भएको हो हामी क्रान्तिकारी अरूको समस्या पनि हाे उनीहरूको आलोचनामात्र गरेर हुँदैन युद्ध र त्योभन्दा पछि असफल हुनाका पछाडि केही भूमिका थिएन भन्दा  केही भूमिका थियो त्यो पनि समीक्षा गर्न बाँकी छ।गर्नुपर्छ तर प्रचण्ड र बाबुरामले सारा जनयुद्धका विराशतहरु प्रतिक्रियावादीका क्यापमा लगेर विहिन बनाइदिएका छन् ।यो संसारमा कही पनि यस्तो भएको छैन । नेपालमा भएको छ त्यसो भएर हाम्रो जित चाहिँ हाम्रो  विचारले हुन्छ संसारका कम्यूनिष्ट पार्टीहरु छन् र सशस्त्र विद्रोहमा पनि छन्। जनयुद्धमा पनि छन् भारत भनौ या थिलिपिग्ङ्स , टर्किज कम्यूनिष्ट पार्टी पनि सशस्त्र विद्रोहको तयारी गर्दैछ अरु ठाउँमा पनि चुनावबाट सत्तामा आएका छन् भ्यानालुजा, अरु राष्ट्रहरुमा पनि बा्राजिल तिरपनि सरकारमा आएका छन्। त्याे एउटा पाटो हो भने अर्को पाटो सशस्त्र जनविद्रोहको बाटो हिंडेका माओवादी पार्टीहरु छन् र हामीले पनि जनयुद्धको कार्यदिशा लिएका छौ ।

जनयुद्धको कार्यदिशा सफल गरयौ भने दीर्घकालीन जनयुद्धको बाटोमा जान सक्छौं भन्ने हाम्रो महान योजना बनाएको हुनाले हामी बलिया छौं। उनीहरूको हामीले धेरै चर्चा गर्न जरुरी छैन किन भने नेपाली कांग्रेसले विरोध गर्नु  ठीकै पनि हो ।अब अहिलेको कथाकथित कम्युनिस्ट पार्टी छ। यसलाई हामीले ( नेकपा)  भन्ने गरेका छौं यसको विसर्जनवाद तिर गइराखेका छन् र क्रान्तिकारी धारालाई विभिन्न प्रलोभन देखाएर नेता-कार्यकर्तालाई लिने गरेका छन् तर क्रान्ति रोकिन्न र रोकिएको पनि छैन चीनमा पनि धेरै ठूलो उत्तरचढाव भएको थियो।तर विश्वका दक्षिणपन्थी संशोधनवाद अवसरवाद लाई परास्त गरी वामपन्थ लाई प्राप्त गरेर (बंङ्गु) को मतलब बाम उग्रवाद र विसर्जनवाद लाई परास्त गरी बल्ल कम्यूनिष्ट पार्टी सही ढंगले आको हो र हामीले प्रचण्ड बाबुरामलाई संशोधनबादी भने गरेका छाै तर कारवाही गर्न बाँकी छ तिनीहरु बच्रनेवाला छैनन् त्यसो भएको हुनाले हामीले जुन क्रान्तिकारी धाराको नेतृत्व गरेका छौं र हामीले अब  विचार मिल्ने सँग  पार्टी एकीकरण देखि धुर्वीकरण सम्म गर्नेछौं ।

 ओली सरकारले राष्ट्रवादका नारा दिँदै आको छ के यो राष्ट्रबादी सरकार हो त ?

– अहिलेको अवस्थामा सबैभन्दा बढी अराष्ट्रवादी सरकार हो। प्रष्ट छ नि प्रचण्ड प्रधानमन्त्री हुने बेला २५ बुँदे राष्ट्रघाती सम्झौता गरेर उहाँले यतिसम्म गर्नुभयो कि नेपालको सुरक्षा भारतको छाता मुनि हुनुपर्छ भनी सही गरेर आउनुभएको छ। केपी अाेली प्रधानमन्त्री भइसकेपछि लम्पसार पर्नु भयो र अपर कर्णाली जस्ता काेशी  डेयाम  बाध्ने निर्णय गरी हस्ताक्षर गरेर आउनुभएको छ।राष्ट्रघात गर्नुभएको छ।

त्यतिमात्र होइन भारतीय प्रधानमन्त्री मोदी आउँदा खेरि आफ्नो लगाउने सामान्य पोशाक पनि फ्याकेर भारतीय पोशाक लगाई दुई भाइ जस्तै गरी बस्नु भयो नि त्योपनि राष्ट्रबाद हुनसक्छ यद्यपि हिजाे यहाँ भारतले जतिबेला नाकाबन्दी लगायो भूकम्पपछाडि त्यतिबेला ओलीले राम्रो काम गरे भन्नु त्यो बेकार हो । चीनसँग गरेको पारवहन सम्झौता त्यो अलि ठिकै हो तर त्यो महाकाली सन्धि मात्र राष्ट्रघाती हो भन्न सक्ने आँट छ भने यिनीहरु अलि राष्ट्रवादीको पुच्छर हल्लाउन थाले भन्न सकिन्छ तर महाकाली सन्धी गरी बेच्ने त एमाले नै होनि ।

अनि यिनीहरूलाई कसरी राष्ट्रवादी भन सकिन्छ आफ्नो देशको सिमाना मिचिएको छ सुगौली सन्धि देखि अहिले सम्मको असमान सन्धि सम्झौताको बारेमा एक शब्द बोल्छन् अनि कसरी राष्ट्रवादी भनेका छन्। सिमाना मिचिएको छ ।सीमानाका स्तम्भहरु सारेको छ जनताहरु आन्दोलित छन् एक शब्द बोलेको छ सरकार सरकारले एक शब्द परराष्ट्र मन्त्रालयले बोलेको छ यस्ता लम्पसारवादी हरु राष्ट्रबादी हुन सक्दैनन् र यिनीहरु राष्ट्रघाती कम्यूनिष्ट को नामका कलंक हुन

 तपाई मार्क्सवादी विश्लेषक माक्सवाद भनेको के हो ?

-मार्क्सवाद भनेको एउटा विज्ञान हो सिद्धान्त हो यसलाई क्रान्तिकारि जीवनशैली चलाउन र व्यवहारमा उतार्न सक्ने होइन भने त्यो माक्सवादकाे कुरा गर्नु बकवास मात्र हो । हामी भन्दा बाहिर मार्क्सवादी धेरै छन् मार्क्सवादको अध्ययन गर्ने कम्निष्ट भन्दा बढी पुँजीवादी साम्राज्यवादी छन्। नेपालको कुरा गर्ने हो भने कम्यूनिस्ट भन्दाबढी कांग्रेसका नेताहरुले अध्ययन गर्छन् ।

नेकपा क्रान्तिकारी माओवादीका नेता   
 स्कुल विभाग सचिव  
 पार्टी मुखपत्र( माअाेवादी) का   
 सम्पादक    
 क. हस्तबहादुर केसी