आदिबासी जनजातिको कार्यक्रममा गाई,भाई र बामको रजाइँ बहस्

-विष्णु आले’विकिरण’

 

 

 

 काठमाडौँ साउन २४ ।नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणले आफ्नो पार्टीले धर्म र संस्कृतिको बारेमा आफ्नो पार्टीको धारणा स्वतन्त्र रहेको बताएका छन्।

 

 

अखिल नेपाल जनजाति महासंघले गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै वैद्यले भने,’ जनताले आफ्ना धर्म र संस्कृतिकोबारे जे रुचाउँछन् आफ्नो पार्टीले त्यही ठिक मान्छौँ।

 

विभिन्न दलहरु समाहित सो कार्यक्रममा वैज्ञानिक समाजवाद पार्टीका संयोजक देशभक्त दुलालले जातिय उत्पीड्न रहुन्जेल र सामाजिक न्याय नहुने र सामाजिक न्यायका लागि राष्ट्रिय उत्पादनमा सबैले जोडदिनु पर्ने बताए।कसैले गाई पुज्लान कसैले भाइ पुज्लान अनि कसैले बाम गठबन्धनलाई त्यो पुज्नेमा भर पर्दछ।

 

वेदमा पनि जातियता नभएको र केही राजनीतिक दलहरु वेदका अपब्याख्या गर्न खोजिरहेकामा दुखेसो पोखे ।अर्का वक्ता महेशमान श्रेष्ठले ठुलो माछाले सानो माछा खाए जस्तै शासक र शाषित बीच एउटाले अर्को खाने बताए।भरत बुर्जा मगरले स्वागत मन्तब्य राखेको सो कार्यक्रमका सभापति पवनमान श्रेष्ठले गरेका थिए।

 

पूर्वतिरका एक राइ थरले खसीको मासु नखाँने र गाई खाने गर्छ अनि उसले खसी काट्ने र खानेलाई जेल हाल्ने मुद्दा गरे के हुन्छ भन्दै विष्णु थिड्· उफ्रिए।त्यस्तै क्रान्तिकारी माओवादीका केन्द्रीय नेता सिताराम तामाड्·ले भने, ‘हामी चौरीसँगै हुर्केर,बढेर त्यसैलाई प्रयोग गर्दै आएकाले खाली गाई काट्ने र भाइ फाट्ने कुरा गरिरहनु व्यर्थ छ।