प्रकाण्ड अपराधी नै भएकाे दाबी : गृहमन्त्री बादल

 चितवन, साउन २५ । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्व नेकपा का नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ अपराधी नै भएकाे दाबी गरेका छन् ।

 

साथै उनले अहिले सरकार विकास निर्माणका कार्यमा तीव्र गतिमा लागिरहेको पनि बताए । ठेकेदारहरुलाई कारवाही नगरेको भन्ने प्रश्नमा उनले भने, ‘अहिले ठेकेदारहरुलाई ताकेता गर्दै विकास निर्माणका काम तीव्र गतिमा अघि बढाइएको छ , काम नगर्नेहरुलाई कारबाहीको आवश्यक प्रकृया पनि चलिरहेको छ ।

 

शुक्रबार गृहजिल्ला चितवन आएका गृहमन्त्री बादलले भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै प्रकाण्ड अपराधी नै भएकाले पक्राउ गरेको प्रष्ट पारे।

 

‘प्रकाण्ड अपराधी हुन् त्यसै पक्राउ गरिएको होइन । उनलाई चन्दा आंतक र राज्यलाई विध्वंश गरेको अभियोगमा ‘मोष्टवान्टेड’ सूचीमा प्रहरीले राखेका थिए । त्यसैले कसैलाई पनि अपराध गर्ने छुट छैन,’ मन्त्री थापाले भने ।

 

तपाईंकै निर्देशनमा पक्राउ गरिएको हो भन्ने पत्रकारको प्रश्नमा उनले ‘अहिलेको गृहमन्त्री बादल हो, अपराध नियन्त्रण गरी जनतालाई सुशासन र शान्ति सुरक्षा दिने दायित्व गृहमन्त्रीको हो,’ भन्ने जवाफ दिए । राजनीतिक रुपमा समस्या समाधान गर्न सरकार वार्ता र संवादका लागि पनि तयार रहेको मन्त्री बादलको भनाई छ ।