४६ हजार अावेदकले सिटिजन्स बैंक इन्टरनेशनलको एफपियो पाए

 काठमाडौं साउन २५। सिटिजन बैंक इन्टरनेशनलले शुक्रबार थप सेयर निष्कासन (फर्दर पब्लिक अफरिङ–एफपिओ) बाँडफाँड गरेको छ । सेयर खरिद गर्न मागभन्दा १४ गुणा बढी आवेदन परेपछि गोलाप्रथाबाट बाँडफाँड गरिएको हो ।

 

गोलाप्रथाबाट गरिएको बाँडफाँडमा ४६ हजार ३ सय ३७ लाई १० कित्ता सेयर परेको छ । बैंकले संस्थापक साधारण सेयर अनुपात ५१ः४९ प्रतिशत कायम गर्न एफपिओ निष्कासन गरेको थियो ।

 

६ जना आवेदकले भने ११ कित्ता पाएका छन् । कूल ६२ हजार ७ सय ८२ आवेदकबाट ६१ लाख ५ हजार ६ सय ३० कित्ता खरिद गर्न आवेदन परेको थियो । बैंकले सय रुपैयाँ दरको सेयरमा त्यति नै प्रिमिमय थप गरी ४ लाख ६३ हजार ८२६ कित्ता एफपिओ निष्कासन गरेको छ ।