श्रीमतीको आचरणमाथि शंका गरी हत्या

सांकेतिक तस्बिर

बाँके साउन २६। डुडुवा गाउँपालिका-६, हिरमिनियामा श्रीमानबाट हत्या गरिएकी साकरुन बेहनाको शव भेटिएको छ ।

नेपालगन्ज उपमहानगरपालिका-२३, जंगलीसिंह पूर्व बस्ने शेरअली शेषले आफ्नै श्रीमती २७ वर्षिय साकरुन बेहनाको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका थिए ।

 

उनकै बयानका आधारमा शव भेटिएको हो । भारतको श्रावस्ती जिल्लामा माइत भएकी साकरुनका दुई छोरा छन् ।

शेषले दिएको बयानका आधारमा उनले श्रीमतीलाई नेपाल-भारत सीमास्थित भारतीय जंगलनजिकै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

 

डेढ महिनाअघि विदेशबाट आएका ३० वर्षिय शेषले श्रीमतीको आचरणमाथि शंका लागेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । गत मंगलबार नै हत्या गरी शेष प्रहरी कार्यालयमा हाजिर भइ आत्मसमर्पण गरेका थिए ।