भोलि सोमबारदेखि चार दिन लोडसेडिङ

काठमाडौं, साउन २७ । भोलि देखि ४ दिन भारतबाट १२० मेगावाट बिजुली आयात बन्द हुने भएको छ । क्षमता विस्तारका लागि लाइनको सुध्रिढीकरणको काम गर्न सोमबारदेखि बिहीबारसम्म ढल्केबर मुज्जफपुर अन्तरदेशिय प्रसारणलाइनबाट बिजुली आयात बन्द हुने भएको हो ।

 

अन्तरदेशिय प्रसारणलाइनलाई २२० केभी क्षमता बनाउन भारततर्फ केही प्रविधिक काम गर्नुपर्ने भएपछि १२० मेगावाट बिजुली आयात बन्द हुने नेपाल विद्युत प्राधिकरणकाले बताएको छ । १२० मेगावाट बिजुली आयात बन्द भएपनि आन्तरिक व्यवस्थापनबाट बिजुलीको माग व्यवस्थापन गर्ने तयारी भएको छ।

 

चार दिन औद्योगिक क्षेत्रमा लोडसेडिङ हुने छ भने आम सर्वसाधारणलाई लोडसेडिङ् नगर्ने तयारीमा प्रधिकरण लागेको बताईएको छ ।