ओली सरकारले सार्वजनिक गर्‍यो ५ महिनाका उपलब्धिहरु : हेर्नुहोस ७४ पृष्ठे प्रतिवेदन ( पुरा विवरणसहित

 

काठमाडौं साउन २८| केपी शर्मा ओली नेतृत्वको सरकारले ५ महिने उपलब्धि सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले ओली नेतृत्वको सरकारले ५ महिनामा गरेका काम समेटेर ७४ पृष्ठ लामो प्रतिवेदन आज सार्वजनिक गरेको हो ।

 

 

ओली नेतृत्वको सरकारले प्रमुख सुन तस्करमाथि कारबाही, सार्वजनिक खर्चमा मितव्ययिता, सिण्डिकेटको अन्त्य, विकास निर्माणमा ढिलासुस्तीको अन्त्य, औचित्यहीन भ्रमण नियन्त्रणमा रोक लगायतका विषयलाई उपलब्धि भएको जनाएको छ ।

 

 

नारायणगढ मुग्लिन सडक स्तरोन्नती, सिमरा बर्दिबास रेलमार्गको ट्रयाकको ८० प्रतिशत काम, मुग्लिनमा त्रिशुली नदीमा आर्कब्रिज अन्तिम चरणमा पुग्नुलाई पनि सरकारले उपलब्धीमा राखेको छ ।नागढुंगामा सुरुङ मार्ग निर्माण सरकारले आफ्नो उपलब्धी ठानेको छ ।

 

 

सरकारले ५ महिनामा ९० वटा तुइन विस्थापित गरेको जनाएको छ । भेरी बबई डाइभर्सनको ६ किलोमिटर सुरुङ निर्माण, काठमाडौं तराई फास्ट ट्रयाकमा १९ हजार रुख काटिनु, पेट्रोलियम पदार्थ भण्डारणका लागि नुवाकोटको बट्टार, तनहुँको आँबुखैरेनी, काभ्रेपलाञ्चोक र ललितपुरमा स्थान छनोटलाई पनि सरकारले उपलब्धी भनेको छ ।

 

डुवानको दीर्घकालीन समाधान, जलमार्गको स्थलगत अध्ययन, राजस्व संकलन, विकास खर्चमा वृद्धि लगायतलाई सरकारले आफ्नो उपलव्धिको सूचीमा राखेको छ ।

हर्नुहाेस् अाेली सरकारकाे पाँच महिनाकाे उपलब्धी सुचीसहित ।