एकजना बिद्यार्थी नेताले लेखे मुख्यमन्त्रीलाई मनछुने पत्र

                                                                 राम ब. महरा

काठमाडाै साउन २९।  माननीय मुख्यमन्त्री ज्यु,७ नं प्रदेश धनगढीसर्वप्रथम  म तपाँईलाई ७ नं प्रदेशकै तर्फबाट अनगिन्ती नमस्कारका साथै बधाई पनि दिन चाहान्छु।माननीयज्यु तपाईं एक गरिब परिवारमा जन्मेको साधारण किसानको छोरा मुख्यमन्त्रीमा नियुक्त भई सेवा गर्न पाउँदा सबैका लागि अहो भाग्य पनि हो।

म एक नेपाल कम्युनिष्ट पार्टीको इमान्दार कार्यकर्ताको हैसियतले सधैं मेरो मनलाई पिडा दिईरहने पिडाहरु यो पत्र मार्फत तपाईंसामु पोख्न गईरहेको छु।माननीय ज्यु, तपाईंले आफ्नो बिगतको पाना पल्टाएर वर्तमानमा समस्या झेलिरहेका जनताका अनुहारहरु पढ्न सक्नु पर्दछ।

आँसुहरु चिन्न सक्नु पर्दछ।पसिनाहरु बुझ्न सक्नु पर्दछ भने आवाजहरु सुन्न सक्नु पर्दछ।”खोली तर्यो,लौरो बिर्स्यो” भने झैँ नगरी लौराको महत्त्व बुझी लौरोको तस्बिर आँखामा राख्न सक्नु पर्दछ।माननीय ज्यु तपाईं एक मजदुर गरेर परिवारको पालनपोषण गर्ने मान्छेलाई मुख्यमन्त्री पाउँदा तपाईं जस्तै लाखौंलाख मजदुरहरुको देखिएको ओठमा लुकेको हाँसो खिस्स बाहिर नआएको पक्कै पनि होईन।

 

तपाईं जस्तै सिमावर्ती क्षेत्रमा लुटिएका नेपालिहरुको आँखामा तपाईलाई मुख्यमन्त्री पाउँदा खुसिका आँसुहरु नझरेका पनि होईनन।भारतले सिमाना मिच्दा अमरसिंह थापा,भक्तिथापा, बलभद्र कुँवर र गोबिन्द गौतमहरुले माथी आकासबाट तपाईलाई गुहार नमागेका पनि होईनन् तर अहिलेपनि टुलुटुलु हेरिरहेका छन।बलात्कृत नारिहरुको पीडा र सपनाहरु तपाईं सामु पोखिएका छन ती सपनाहरु उठाएर हेरिदिनुहोस।

विदेशबाट आईरहेका राता बाकसभित्रका लासहरुले तपाईंलाई पुकारिरहेका छन ति लासहरुको शान्त शाब्दिक अर्थ बुझिदिनुहोस। टुहुराहरुका र सिउँदो खोसिएकी अर्धाङ्गिनि नारिहरुको सपनाहरु टिप्ने कोसिस गरिदिनुहोस।माननीय मुख्यमन्त्री ज्यु कुरा धेरै छन समेट्न सकिए जति यो आलेखमा राखेको छु।यि सबै कुराहरुलाई मनन गरि दिनु भयो भने पक्कै पनि भोलीको युगले तपाईलाई पढ्ने छ।केही गल्ति भए माफ गरिदिनु हाेला तपाँइको सुभचिन्तक।