मुख्य पात्र छानबीनको दायरामा सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त,–गृहमन्त्री थापा

 

काठमाडौँ, साउन २९ । गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको सञ्जाललाई ध्वस्त तुल्याइएको बताउनुभएको छ । राष्ट्रियसभा मातहतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल ध्वस्त भएको, मुख्य पात्र छानबीनको दायरामा आइसकेको उल्लेख गर्नुभयो ।

 

दुवईबाट तीन वर्षको अवधिमा एउटा समूहले मात्रै चार हजार क्विन्टल सुन तस्करी गरेको छानबिनबाट थाहा भएको जानकारी दिँदै गृहमन्त्री थापाले यहाँ आउने सुनको १० प्रतिशत मात्र नेपालमा खपत हुने र बाँकी भारत जाने गरेको अनुसन्धानबाट खुलेको बताउनुभयो ।

 

जैन भन्ने भारतीय नागरिकले दुवई, थाइल्याण्ड र मलेशियाको हवाई रुट प्रयोग गरी नेपाल हुदै भारतीय बजारमा सुन पु¥याउने गरेको पाइएको जनाउँदै गृहमन्त्री थापाले उक्त रुटबाट सुन तस्करी गर्ने सबै पात्र पक्राउ गरेकाले पछिल्लो समय सुन तस्करीमा निकै कमी आएको दाबी गर्नुभयो ।अर्वाै मूल्यमा भइरहेको सुन तस्करीलाई नियन्त्रण गर्ने प्रयत्न गरिरहेका छाै उहाँले भन्नुभयो ।रासस