सशस्त्र प्रहरी थमन हत्या प्रकरण : आरोपित मेयर मिश्र र राजपाका महासचिव पाण्डेय साधारण तारेखमा रिहा

 

काठमाडौं साउन २९।  अदालतले सशस्त्र प्रहरीका असई थमन विकको हत्याका थप २ जना आरोपितलाई साधारण तारेखमा रिहा गरेको छ।

महोत्तरी जिल्ला अदालतले आरोपित जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्र र राष्ट्रिय जनता पार्टी नेपालका महासचिव सुरेश पाण्डेयलाई साधारण तारेखमा रिहा गरेको हो।

 

मंगलबार आत्मसमर्पण गरेका दुवै जनासंग अदालतले बयान लिएको थियो । त्यसपछि अदालतको मुुख्य न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले घटनामा प्रत्यक्ष संलग्न भएको पुष्टि हुने आधार नदेखेपछि साधारण तारेखमा रिहा गर्ने आदेश दिएको हो।

 

यसअघि विक हत्याका अर्का आरोपीत प्रदेश २ का समाजिक विकास राज्य मन्त्री अभिराम शर्मा पनि हिजो साधारण तारेखमा छुटेका थिए । असई विकको मधेश आन्दोलनका क्रममा २०७२ साल भदौ २५ गते हत्या भएको थियो ।