टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी बर्खास्त कारण यस्तो छ

 

काठमाडौं साउन २९। सरकारले अन्ततः नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई बर्खास्त गरिदिएको छ।

उननको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै सरकारले यसअघि स्पष्टिकरण सोधेकोमा मंगलबारको मन्त्रिपरिषद बैठकले बर्खास्त गर्ने निर्णय गरेको हो।

 

अघिल्लो मन्त्रिपरिषद्को बैठकले उनीसँग ७२ घन्टे स्पष्टिकरण सोधेको थियो। उनको काम सन्तोषजनक नभएको भन्दै हटाउने निर्णय गरेको हो।

 

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशक भण्डारीलाई बोलाएर टेलिकमको कार्यप्रगतिबारे सोधेका थिए । उनको जवाफ चित्त नबुझेपछि प्रधानमन्त्रीले संचारमन्त्री गोकुल बास्कोटालाई गत वैशाखमा स्पष्टिकरण सोध्न निर्देशन दिएका थिए ।

 

राजभण्डारीले तीन महिनाभित्र टेलिकमको स्थितिमा सुधार गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म त्यसमा कुनै पनि प्रगती हुन सकेको थिएन । पछिल्लो समय टेलिकममा भ्रदागोल भएको भन्दै उनलाई हटाउन सरकारमाथी नै चर्को दबाव थियो।

 

राजभण्डारीमाथि काठमाडौं र पोखराबाहेक अन्यत्र फोरजी सेवा विस्तार गर्न नसकेको, ग्रामीण दूरसञ्चार कोषको रकमबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने काममा ढिलाई गरेकोलगायतको आरोप छ ।

 

यसैगरी, मन्त्रिपरिषद बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान पुनर्गठन समेत गरेको छ । प्रतिष्ठानमा लालबाबु यादव, हरि फुयाल, डा। खड्ग केसी, डा शंकर शर्मा र मिना वैद्य नियुक्त भएका छन् ।

 

कामिनी २०७३ असोजमा तीन वर्षको लागि खुला प्रतिस्पर्धाबाट नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा नियुक्त भएकी थिइन ।