फेरिए काठमाडौं प्रहरी प्रमुख गृहमन्त्री र आईजीपीकाे ‘स्वार्थ नमिल्दा

 

काठमाडौं साउन ३०।प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुखको जिम्मेवारी एसएसपी बसन्त लामालाई दिएको छ। एसएसपी पोखरेलले गुण्डागर्दी एवं लागूपदार्थ आसोरपसार नियन्त्रणसंगै शान्ति सुरक्षा मजवुद बनाउन सफल भएपनि आईजीपी सर्वेन्द्र खनालले उनलाई हटाएका हुन्। खनालले एसएसपी पोखरेललाई पुर्व आईजिपी उपेन्द्रकान्त अर्यालसँग जोडेर हटाएकाे स्रोतको दाबी छ।

 

एसएसपी र डिआईजीको सरुवा गृहमन्त्री गर्ने गर्छन्। काठमाडौं प्रमुख फेर्ने आईजीपी खनालको प्रस्तावमा गृहमन्त्री रामबहादुर थापा पनि सहमत भएपछि उनकाे सरूवा भएकाे हाे।

 

सात महिना नपुग्दै काठमाडौं प्रहरी प्रमुख फेरिएका छन्। एसएसपी विश्वराज पोखरेल २८ माघबाट काठमाडौं प्रहरी परिसरको नेतृत्व सम्हालिरहेकोमा उनको सरुवा भएको हो।

गृहमन्त्री रामबहादुर थापाले सरूवामा हस्ताक्षर गरिसकेका छन्।

 

पछिल्लो समय आईजिपी खनाल रबर स्टेम्प बनेको प्रहरीकै उच्च अधिकारी बताउंछन् । उनले अहिलेसम्म पनि एआईजीको बढुवा गर्न सकेका छैनन् ।

 

काठमाडौं प्रहरी प्रमुखमा गृहमन्त्री थापा र आईजीपी खनालले आफू अनकुल एसएसपी पठाउने तयारी गरेका थिए। प्रधानमन्त्री कार्यालयबाट भने एसएसपी हरि पाललाई पठाउन सिफारिस भएकाेमा गृहमन्त्री थापाले एसएसपी लामालाई काठमाडौं प्रहरी प्रमुख बनाउन दबाब दिएपछि साेही अनुसार निर्णय भएकाे हाे। लामा नेपाल प्रहरीमा विवादित अधिकृत मानिन्छन्।

 

पदस्थापन सुरू गरेको एक वर्षसम्म सरुवा गर्न नपाइने प्रहरी नियमावलीमा उल्लेख छ। यदि एक वर्षअघि नै सरुवा गर्नुपरेमा सरुवा गर्नुपर्ने कारण उल्लेख गर्नुपर्ने व्यवस्था छ।

 

त्यसअघि तत्कालिन काठमाडौं प्रहरी प्रमुख छबिलाल जोशी डीआइजीमा बढुवा भएपछि ५ भदौ २०७४ मा धानुक रुपन्देही प्रहरी प्रमुखबाट काठमाडौं प्रहरी प्रमुख भएका थिए।

 

यसअघि महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी रवीन्द्र धानुकको ठाउँमा पोखरेललाई ल्याइएको थियो । पोखरेल नेपाल प्रहरीभित्र व्यवसायीक प्रहरी अधिकृतका रुपमा चिनिन्छन्।