सिंहदरबार अगाडि नाङ्गै प्रर्दशन‘राष्ट्रिय जनावर बदली गर भन्दै

 

काठमाडौँ  भदाै १।  राष्ट्रिय जनवार बदली गर्न माग गर्दै सिंहदवार अगाडि एक व्यक्तिले नग्न बनेर प्रदर्शन गरेका छन् । मुलुकी एेनको विरोधमा सडकमा एक्लै निस्केका यी युवकले गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् ।

 

‘जनवार सबै एक हुन्, कानून सबैलाई लागु गर, नत्र मुलुकी ऐन संशोधन गर र राष्ट्रिय जनावर बदली गर’ लगायतका माग राखेर जितिन लिम्बुले नग्न भएर प्रदर्शन गरेका हुन् ।

 

भित्री बस्त्रसमेत नलगाएका उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए ।

 

उनले तस्करी, बलात्कारी, घुसखोरीलाई कानुन लगाउनुको साटो गाई, गोरु मार्नेलाई कानुन लगाएकाले सरकारको विरोधमा सिंहदरबारमा धर्ना दिन आफूले नग्न प्रर्दशन गरेको प्रतिक्रिया दिएका छन् ।

 

सार्वजनिक स्थलमा अश्लिलता प्रर्दशन गरेकाले उनलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त, सिंहदरबारले जनाएको छ । नग्न प्रर्दशन गरेका लिम्बुलाई महानगरीय वृत्त सिंहदरबारको हिरासतमा राखिएको प्रहरीले जानकारी दिए ।

 

नागिंनेलाई के कारवाही हुन्छ ?

 

भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐनको दफा १२२ मा सार्वजनिक स्थानमा यौनाङ्ग देखाउन नहुने भनिएको छ । त्यसरी यौनाङ्ग देखाउने व्यक्तिलाई ६ महिनासम्म कैद वा पाँच हजारसम्म जरिवाना वा दुबै सजाय हुने दफा १२२ को उपदफा २ मा उल्लेख छ ।

 

नयाँ ऐनको १२२ ९१० मा भनिएको छ  ‘दश वर्षभन्दा माथिको व्यक्तिले स्वास्थ्य विज्ञान वा चिकित्सासम्बन्धी उपचारको प्रयोजनका लागिबाहेक सार्वजनिक स्थानमा अश्लील क्रियाकलाप वा व्यवहार गर्न वा यौनाङ्ग देखाउन वा कसैलाई अश्लील शब्द बोल्न वा इशारा गर्न हुँदैन ।

 

तर, यो कुराचाहिँ पक्का छ कि भदौ १ देखि लागू भएको मुलुकी ऐनको पहिलो शिकार चाहिँ सिंहदरबार अगाडि नांगिएका यिनै व्यक्तिबाट सुरु हुने भएको छ । प्रहरीले उनलाई अब नयाँ मुलुकी ऐनको ‘सार्वजनिक नैतिकताविरुद्धको कसूर’ अन्तर्गत कारवाही चलाउने भएको छ ।

 

जितिन लिम्बुले सिंहदरबार अगाडि नांगै प्रर्दशन गरे पनि गुप्तांग भने देखाएका थिएनन् । उनले गुप्तांग कागजले छोपेका थिए । लंगौटीसम्म लगाएर हिँडेको अवस्थामा पुरुषलाई यौनांग देखाएको नमानिने स्थितिमा कागजले गुप्तांग ढाकेका लिम्बुमाथि अब नयाँ मुलुकी ऐन अनुसार कस्तो कारवाही हुन्छ अहिले नै भन्न सकिँदैन ।