बाजुरामा पहिरोले घर भत्किँदा श्रीमतीको मृत्यु, श्रीमान घाइते

बाजुरा, भदौ २ । शुक्रबार राति परेको अविरल वर्षाका कारण घर माथिबाट आएको पहिरोले घर भत्किँदा बाजुराकोे बुढीगंगा नगरपालिका–१ कुडीमा एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४५ वर्षीय कला परी रहेकी छन् ।वर्षासंगै आएको पहिरोले उनका श्रीमान नन्दे परी शक्त घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पहिरोले सो गाउँनै पहिरोको उच्च जोखिममा रहेको छ ।
त्यस्तै जिल्लामा निरन्तर वर्षासंगै आएको बाढी पहिरोका कारण सदरमुकामसम्मको साँफे मार्तडीसडक खण्ड अन्तरगत ताँप्री सेरादेखि मार्तडीसम्मको १८ किलोमिटर सडक पूर्णरुपमा अवरुद्ध भएको छ ।