नेपालबाट भारतको कोलकाता जाने पानी जहाज प्रदेश २ बाट चल्ने:प्रधानमन्त्री ओली

 

काठमाडौं भदाै २। प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) मध्यान्ह प्रदेश २ को प्रदेश सभालाई सम्बोधनको क्रममा प्रधानमन्त्री ओलीले नेपालको ३ नदीबाट पानी जहाज चाडै सुरु हुने बताएका छन् ।नेपालबाट भारतको कोलकाता जाने पानी जहाज प्रदेश २ बाट चल्ने बताएका हुन् ।

भारतले सीमा क्षेत्रमा बाँध बनाएर नेपाल डुबाउन नमिल्ने बताउदै उनले आफू तराईको विकासको लागि प्रतिवद्ध रहेकाे बताए । हरेक प्रदेशको आ-आफ्नै विशेषता भएको बताउँदै तराई उर्बरभूमी भएको उल्लेख गरे ।

 

त्यसैगरी जनता आवास कार्यक्रम अनुसार प्रदेश २ को हरेक जिल्लामा १ बजार घर बनाउने योजना रहेको बताए । जनता आवास कार्यक्रमलाई प्रभावकारी बनाउने दाबी गर्दै अबको ५ वर्षमा हुलाकी सडक पुरा गरिसक्ने बताए । उनले तराइको विकासको लागि सहरी विकास मन्त्रालयले ७० प्रतिशत बजेट छुट्ट्याएको दाबी गरे ।