बाह्रबीसे र भोटेकोशी जोड्ने पुलको आधा भाग बगाएसँगै सडकसँग सम्बन्धविच्छेद

 

काठमाडौं भदाै २। सिन्धुपाल्चोकमा गएराति परेको अविरल वर्षापछि आएको बाढीले बाह्रवीसे खोर्सानीबारी नजिकै रहेको साधीखोला पुलको आधा भाग बगाएको छ ।पुलको आधा भाग बगाएसँगै बाह्रविसे नगरपालिकाका केही वडा र भोटेकोशी गाउँपालिकासँगको सडक सम्बन्ध टुटेको छ ।

खोर्सानीबारी नजिकै साधीखोलामाथिको पुलको आधा भाग बगाएको इलाका प्रहरी कार्यालय बाहबीसे प्रहरीले जनाएको छ । पुल क्षतिग्रस्त भएपछि मोटरसाइकलबाहेक अन्य सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।

 

पुलमा क्षति भएपछि वैकल्पिक मार्गबारे अध्ययन भइरहेको पनि मेयरले जानकारी दिए । पुलको दुवैतर्फको जप आधा सरेपछि नेपाल-चीन सीमा आसपासका स्थानीय समस्यामा परेका छन् । गत वर्ष पनि भोटेकोशी गाउँपालिका नजिकै रहेको पक्की पुल बाढीले बगाएको थियो ।

 

प्राविधिकहरु आएर पुलको निरीक्षण गरेपछि मात्रै यातयात सञ्चालनबारे यकिन गर्न सकिने बाह्रबीसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।  क्षतिग्रस्त पुलको अध्ययनका लागि प्राविधिक पठाइदिन डिभिजन सडक कार्यालय, दोलखाका प्रमुख अशोक तिवारीसँग आग्रह गरे पनि उनले बेवास्ता गरेको भन्दै आक्रोस पोखे ।