झिंगाको सँगत गरे फोहरमा मौरीको सँगत गरे फुलमा पुगिन्छ, : प्रधानमन्त्री ओली

 काठमाडौं भदाै २। प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टी कार्यालय धुम्बाराहीमा एक कार्यक्रममा बोल्दै मौरीसँग उड्यो भने फूलवारीमा पुगिने र झिंगासँग उड्यो भने फोहोरमा पुगिने बताएका छन्।

 

सूर्य चिह्न लिएर चुनाव लडेका अरु केही नेताहरु पनि नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् ।नेकपा प्रवेश गरेका नेतालाई सो पार्टीका अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालले नेकपाको धुम्बाराहीस्थित पार्टी कार्यालयमा स्वागत गरेका हुन् ।

 

गत निर्वाचन अघि राजपा त्यागी नवलपरासी १ बाट प्रतिनिधि सभाको चुनावमा सूर्य चिन्ह लिएर विजयी भएका हृदेयेश त्रिपाठी र बृजेश गुप्ता लगायतका नेताहरुलाई पार्टी प्रवेश गराउने क्रममा बोल्दै ओलीले आफूले मौरीको जस्तै उडान गरेको बताए।प्रधानमन्त्री ओलीले आफ्नो पार्टीलाई विश्वास गरेर आबद्ध हुन आउनेहरु निराश हुननपर्ने समेत बताए ।