साझा बसले ललितपुरका सडक जाम गर्दै

                                                                  विष्णु आले ‘विकिरण’

 

 ललितपुर भदाै २। लगनखेलबाट सातदोबाटो,हात्तिवन हुँदै हरिसिद्धि,बाँडेगाउँ,टौखेल भएर गोदावरी रुटमा गाडी चल्छन्।हरेक पन्ध्र-बिस मिनेटमा लगनखेलबाट गोदावरी तर्फ माइक्रो बस छुट्ने गर्दछन् ।

अनि केहि वर्ष पहिले माइक्रो बस मात्र चल्ने यो रुटमा अहिले यात्रुलाई सहज यात्रा गराउन साझा बस पनि सञ्चालमा भइरहेका छन् ।सातदोबाटोबाट हात्तिवनसम्म सडक फराकिलो भएपनि हरिसिद्धि,ठैब,बाँडेगाउँ लगायतका घुम्तीमा बाटो साँघुरो भएकाले साझा यातायातले केहि कठिनाइ देखिएकाे छ। 

गाडीका साइजहरु थरिथरिका छन् अनि अफिस समयमा बाइक र अन्य गाडीहरुको तछाडमछाड गुडाइले पनि पैतल यात्रीलाइ सास्ति हुन्छ।र कुनबेला कहाँ गएर झ्याप्प गाडी जाम हुने हो र कति अफिसका हाकिमका बादलमुखी अनुहारले जागिर सस्पेन बन्ने हो केही ठेगान छैन्।विगत सरकारका पालामा बाटो फराकिलो पार्ने प्रयास नगरेको होइन्।

स्थानीयबासिन्दाले घर सडकमा पर्यो क्षतिपूर्ति दिनुपर्यो भनेर संघर्ष चलाए।अहिले खै कसैको ध्यान नै सडकतिर जाँदैन्-ठैबका प्रदिप श्रेष्ठले भने।अर्का टौखेलमा डेरागरी बस्ने सुमित्रा भन्छिन्-सडकभन्दा ठुलो साझा गाडी हालेपछि बाटो जाम किन नहोस्।

 

गोदावरी रुटमा साझा बस हालेपछि माइक्रोबसको मनपरि भाडा लिने, सहचालककाे दादागिरीमा कमि आएको एक यात्रीले बताए।तर सडकचाहिँ गोदावरी सम्म सातदोबाटोझैँ फराकिलो बनाउन सके सबै गाडी सरर गुड्थे र हामीसमयमै अफिस पुग्थ्यौ भन्दै साझा बसमा सबार बिष्णुले भने। समयसमयमा सडक मर्मत गर्न सके खाल्टाखुल्टीमा गुड्न अप्ठेरो हुने गाडीलाई सहज हुने थियो बन्दै माइक्रो बसमा यात्रा गरि रहेकि सुनमायाले  मुख खोलिन्।