१४ देखि १६ गतेसम्म सार्वजनिक विदा

 

काठमाडौं, भदौ ३ । आगामी भदौ १४ र १५ गते सार्वजनिक विदा दिनेबारे गृह मन्त्रालयले छलफल अघि बढाएको छ। बिमस्टेकको सम्मेलनमा उपत्यकामा विदा दिन लागिएको हो।

 

भदौ १४ र १५ गते काठमाडौंमा विमस्टेक सम्मेलन हुँदै छ। सम्मेलनमा सवारी व्यवस्थापन मिलाउन र सुरक्षा बलियो बनाउन बिदा दिन लागिएको हो। यसबारे छलफल भइरहेको र निर्णय भइनसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामकुमार आचार्यले बताए।

 

१४ र १५ गते बिदा भए लगातार ३ दिन सार्वजनिक बिदा हुने छ। १६ गते शनिबार भएकाले तीन दिन बिदा हुन लागेको हो। सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओचा, भुटानका प्रधानमन्त्री छिरिङ तोब्गे, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, श्रीलंकाका राष्ट्रपति माइथरीपला सिरिसेना, बर्माका राष्ट्रपति विन माइन्ट नेपाल आउँदै छन्। उनीहरु सोल्टी होटलमा बस्दै छ्न। त्यस्तै गोकर्ण फरेस्ट रिसोर्टमा रिट्रिट दिन लागिएको छ।