फ्रान्सका लागि पूर्व नेपाली राजदूत झा मृत फेला

 

काठमाडौं, भदौ ४ ।  पूर्वराजदूत केशव झा मृत भेटिएका छन् । उनी बबरमहलस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएका हुन् । तर, चक्कुको चोट देखिएको र घरमा बाहिरबाट ताला लगाएकाले घटना शंकास्पद रहेको प्रहरीले जनाएको छ ।

 

घटनाबारे अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी बसन्त लामाले जानकारी दिए । परराष्ट्र सेवामा ३४ वर्ष बिताएका झाले नेपालका लागि फ्रान्सको राजदूतको भूमिका समेत निर्वाह गरेका थिए ।