अनुगमनमा अबराेध गर्ने कालीमाटी तरकारी बजारका अध्यक्षसहित दुइ पक्राउ

 

काठमाडाै भदाै ४। कालीमाटीस्थित तरकारी बजार अनुगमन गर्न गएको सरकारी टोलीलाई अवरोध गर्ने र कोठाभित्र थुन्ने दुई व्यवसायीलाई प्रहरीले पक्राउ गरेको छ।

 

सोमबार बिहान कालीमाटी तरकारी तथा फलफूल बजारको अनुगमनमा पुगेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र प्रहरीको टोलीलाई व्यवसायीले कोठामा थुनेर धर्ना दिएका थिए। पक्राउ पर्नेमा कालीमाटी तरकारी तथा फलफूल व्यवसायी संघका अध्यक्ष भरत खतिवडा र अर्का व्यवसायी विमल ढुंगाना रहेका छन्।

 

सरकारी टोलीले तरकारीको गाडी नियन्त्रणमा लिएपछि व्यापारीले विरोध गर्दै अनुगमनमा अवरोध गर्दै सरकारी टोलीलाई कोठाभित्र थुनेका हुन्।

 

पक्राउ परेका खतिवडा र ढुंगानालाई महानगरीय प्रहरी परिसर टेकुमा राखेर अनुसन्धानन गरिरहेको प्रहरीले जनाएको छ। सरकारी टोलीले काक्रो, फर्सी लगायत तरकारी लिएर ललितपुरबाट आएको बा ६ च ९६४ नम्बरको गाडी र बाराबाट तरकारी बोकेर आएको ना ४ च ६६३४ नम्बरको गाडीबाट बिल र कागजातमाग्दा नपाएपछि दुबै गाडीलाई नियन्त्रणमा लिएको थियो।