अवैध कुखुराका चल्ला सात हजार बढी बरामद
नवलपरासी, भदौ ४ । नवलपरासिको सीमा प्रहरी चौकि महेशपुरले भारी मात्रामा अवैध कुखुराका चल्ला बरामद गरेको छ । सरावल गाउँपालिका–४ को हातिवनबाट प्रहरीले अवैध रुपमा भारतबाट नेपाल ल्याउन लागिएका कुखुराका चल्ला बरामद गरेको छ ।
प्रहरीलाई देखेपछि तस्करहरु भागेका थिए । प्रहरी निरीक्षक ज्ञवालीकाअनुसार बरामद गरिएका कुखुराका चल्लालाइ विभिन्न सरोकारवालाहरुको रोहवरमा गाडीएको छ।
सोमबार बिहान साढे ४ बजे सीमा प्रहरी चौकी महेशपुरको गस्ती टोलीले ७५ सय चल्ला बरामद गरेको हो । प्रहरी चौकी प्रमुख प्रहरी निरीक्षक केशवराज ज्ञवालीको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त कुखुराका चल्ला बरामद गरेको हो ।