आजका लागि यस्तो छ तपाईको राशीफल- आजमिति २०७५ साल भाद्र ५ गते मंगलबारका दिनको राशीफल

 

 मेष चू,चे,चो,ला,लि,लू,ले,लो,अ

 पढाईको सन्द्रर्भमा लामो दुरियो यात्रा हुनेछ भने धार्मिक मठ मन्दिर तिर यात्रा गरि टिका तथा प्रशाद ग्रहण गर्ने अवसर जुर्नेछ । राजनिति तथा सामाजसेवामा जनताको भनेजस्तो समर्थन पाईने हुदा पद प्राप्तीको गतिलो योग रहेकोछ । बुवा वा बुवा सरहका मानिसबाट आर्थिक तथा अन्य सहयोग पाईने हुदा मन प्रशन्न रहनेछ । खोज तथा अनुशन्धानका दिएको समयबाट सार्थन नतिजा आउने हुनाले मन प्रशन्न हुनेछ । व्यापार व्यावसाय बिशेष गरि यात्रा तथा ट्राभल सँग सम्बन्धित कामहरुबाट मनग्गे लाभ लिन सकिनेछ । शुभ अंक — १,४ शुभ दिशा — दक्षिण शुभ रंग — रातो कार्य सद्धि मन्त्र — ॐ लम्बोदराय नम

 

बृष ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा

समयको ख्याल नगर्दा पुराना तथा नयाँ कामहरु थाति रहनेछन् । ऋण लाग्ने तथा व्यापार व्यावसायबाट भनेजस्तो आम्दानि नहुँदा दैनिक कष्टप्रद हुनेछ । माया प्रेम आजको दिन टाडै रहनु बेस हुनेछ किनकी भेटमा एक अर्कालाई शंकाको दृष्टिले हेर्दा मनमुटाव बढ्नेछ । खानपान तथा बाहिरि बाताबरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । भौतिक सम्पति तथा सवारि साधनको खरिद बिक्रि गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घट्ना हुँन सक्छ । निति नियम तथा कानुनको पालना नगर्दा दण्ड थता जरिवाना तिर्नु पर्ने हुँन सक्छ ध्यान दिनुहोला । शुभ अंक — २,३ शुभ दिशा — पुर्व शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

 

मिथुन का,की,कू,घ,ङ,छ,के,को,हा

 बिभिन्न अवसर आउने तथा स्रोत साभन जुट्नाले महत्वपुर्ण कामहरु समयमानै फत्ते गर्न सकिनेछ । व्यापार व्यावसायमा लगानि बढाई मनग्गे आम्दानि गर्न सकिनेछ भने मिठास बोलिको माध्ययमबाट अरुलाई प्रभावमा पारेर काम लिन सकिनेछ । पढाई लेखाईमा उत्कृष्ट नतिजा ल्याउदै प्रतिष्पर्धिहरुलाई उछिन्न सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्ति हुनेछ भने नयाँ नयाँ सामानको हात लागी हुने योग रहेकोछ । माया प्रेममा एक अर्कालाई सहयोग गर्दै रमाउँन सकिनेछ भने घर परिवार सबैसँग सम्बन्धमा सुधार भएर जानेछ । नोकरिमा पदोन्नतीको गतिलो योग रहेकोछ । शुभ अंक — ३,६ शुभ दिशा — दक्षिण शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ चित्रगुप्ताय नम

 

कर्कट ही,हू,हे,हो,डा,डी,डु,डे,डो

 मुद्दा मामिला तथा न्यायलयबाट हुँने निर्णयहरु तपाईकै पक्षमा हुनेछन् । वादबिवाद तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई सजिलै हराउँन सकिनेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा थप लगानि गर्ने बाताबरण बनेर जानेछ । माया प्रेम तथा दाम्पत्य जिवनको गाठो झन् गसिलो भएर जानेछ । स्वास्थ्य सम्बन्धि पुराना समस्या भए समाधान भएर जानेछ । पढाई लेखाईमा सोचेजस्तै प्रगति गर्न सकिनेछ । मावलि पक्षबाट तपाईको काममा आर्थिक सहयोग हुनेछ भने अघि पछि तपाईको नराम्रा कुरा गर्नेहरु तपाईकै प्रशंसा गर्दै हिड्नेछन् । शुभ अंक —१,४ शुभ दिशा — पश्चिम शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ जटाधराय नम

 

सिहं मा,मी,मू,मे,मो,टा,टी,टू,टे  

अन्य क्षेत्र मध्ययम रहेपनि बौद्धिक क्रियाकलाप तथा प्राज्ञिक क्षेत्र सँग सम्बन्धित कामहरुबाट मनग्गे धन आर्जन हुनेछ । अध्ययनमा अलि बढि सकय दिन सके उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । भौतिक सम्पति तथा उपाहार प्राप्तीको गतिलो योग रहेकोले त्यस सँग सम्बन्धित काममा हात हाल्नु उपयूक्त हुनेछ । माया प्रेममा देखिएका तित्तताहरुलाई चिर्दै एक अर्कामा मन जित्न सकिनेछ । सन्तान तथा छोरा छोरीको काम देखेर मन प्रशन्न हुनेछ । खानपानमा भने ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या देखा पर्न सक्छ । शुभ अंक — १,५ शुभ दिशा — दक्षिण शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ सर्वबिद्याय नम

 

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पा

 समाजमा ईज्जतिलो काम गर्ने अवसर आएपनि खुट््टा तान्ने तथा फसाउँने मानिसहरु हावि हुनेछन् । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउँन कडा मेहनेत गर्नुपर्नेछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकैनै संघर्ष गर्नुपर्नेछ भने सवारि साधन तथा घर जग्गाको किनबेच बाट केहि मात्रमा लाभ लिन सकिनेछ । पढाई लेखाई अरु दिन भन्दा कमजोर रहने हुँनाले नतिजा अरुकै पक्षमा जानेछ । आत्मिय मित्र तथा आमासँग छुट्टिएर टाडाको यात्रा गर्नुपर्दा नरामाईलो महशुस हुनेछ । ज्यानको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउँनेछ । शुभ अंक — ३,९ शुभ दिशा — पश्चिमशुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ त्रिलोकेशाय नम

 

तुला रा,री,रु,रे,रो,ता,ती,तू,त 

समयको सहि सदुपयोग गरि आर्थिक स्थिति सुदृड बनाउँन सकिनेछ । यात्रा गर्दा अलि बढि ध्यान दिए चाहेभन्दा बढिनै सकारात्मक उपलब्धिहरु हात लाग्नेछ । उत्पादन क्षेत्रमा समय लगानि गर्नेहरुले मनग्गे धन सम्पति कमाउँन सक्नेछन् भने थप लगानि गरि रोजगारिका अवसर सिर्जना गर्न सकिनेछ । खेलकुद तथा खेलकुदसँग सम्बन्धित कामहरुबाट अपेक्षित नतिजा हात लगाउँन सकिनेछ । माया प्रेममा नजिक हुँने समय रहेकोछ भने आफन्त तथा गुरुवर्गहरुको सहयोगले पढाई लेखाईमा भनजस्तो नतिजा हात पार्न सकिनेछ । दाजुभाई तथा छिमेकिको सहकार्यमा राम्रा तथा परिणाममुखि काम गर्न सकिनेछ ।शुभ अंक — ३,४ शुभ दिशा — उत्तर शुभ रंग — प्याजी कार्य सद्धि मन्त्र — ॐ घोररुपाय नम

 

बृश्चिक तो,ना,नी,नू,ने,नो,या,यी,यू 

नयाँ नयाँ कामको प्रस्ताब आउँनेछ भने आर्थिक ब्याबस्थापनका मुद्दाहरु सजिलै हल गर्न सकिनेछ । खोज तथा अनुशन्धानको क्षेत्रमा थोरै समय लगानि गर्दानि उत्कृष्ट नतिजा आउँदा खुसिले उँचाई नाघ्नेछ । समाजसेवी तथा राजनिती गर्नेहरुले आज जनताको समर्थन पाउने तथा प्रतिपर्धिहरुलाई सजिलै हराउन सक्नेछन् । कन्भिन्स गर्ने पावर बढ्ने हुँनाले अरुलाई सजिलै प्रभावमा पारेर काम लिन सकिनेछ । कलात्मक तथा सिर्जनात्मक कामबाट सकारात्मक नतिजा निकाल्न सकिनेछ भने गित संगित तथा चलचित्र क्षेत्रमा समय दिनेहरुका लागि फरक बिषयबस्तुमा भुमिका निर्बाह गर्नु पर्ने हुँनसक्छ ।शुभ अंक — ५,९ शुभ दिशा — पश्चिम शुभ रंग — कफि कार्य सिद्धि मन्त्र — ॐ गजाननाय नम

 

धनु ये,यो,भा,भी,भू,ध,फा,ढा,भे

 तपाईको बिरुद्ध नकारात्मक कैचि चलाउनेहरु आफै किनारा लाग्नेछन् । कुनै प्रतिष्पर्धामा प्रतिष्पर्धिहरुलाई पछि छोड्दै तपाईनै अग्र स्थानमा आउनु हुनेछ । राजनिति तथा समाजसेवामा लामो समय देखि समय दिनुहएकोछ भने पद प्राप्तीको गतिलो योग रहेकोछ । नया प्रकृतिका बिलाशी तथा फेन्सि सामानको प्रयोग मार्फत अरुको मन आफुतिर आकर्षित गर्न सकिनेछ । पुराना साथि भेटिने तथा प्रेम प्रसङगमा दिन खोलेर रमाउन सकिनेछ । प्राबृधिक शिक्षामा खोज तथा अनुशन्धानमा समय खर्चिने हरुले उत्कृष्ट नतिजा हात लगाउनु हुनेछ । शुभ अंक — ३,६ शुभ दिशा — उत्तर शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ सदाशिवाय नम

 

मकर भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी

 कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी व्यापार व्यावसायमा घाटा लाग्ने योग रहेको छ भने बैदेशिक क्षेत्र सँग सम्बन्धित व्यावसायमा लगनि बढाउँदा प्रशस्त नाँफा कमाउन सकिनेछ । साना तिना कामका अल्झनु पर्दा अध्ययन तथा अध्यापनमा समय दिन सकिने छैन । स्वास्थ्य सम्बन्धि सामान्य समस्या देखा पर्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला तपाईको यात्रा कष्टपुर्ण हुन सक्छ । आफन्तजन तथा परिवासँग टाडिनु पर्दा मानशिक तनाब बढ्नेछ भने आपराधिक क्रियाकलाममा सम्लग्न मानिस सँग टाडै रहनुहोला तपाईलाई प्रलोभनमा पारेर आफ्नो स्वार्थ पुरा गर्न सक्छन् ।शुभ अंक — १,७ शुभ दिशा — उत्तर शुभ रंग — निलो कार्य सिद्धि मन्त्र — ॐ शशिशेखराय नम

 

कुम्भ गू,गे,गो,सा,सी,सू,से,सो,दा

 नया प्रबिधिको प्रयोग गरि शुरु गरिएका कामहरु समयमा सम्पन्न हुने तथा मनग्गे आम्दानि पनि हुनेछ । शिक्षा क्षेत्र तथा बित्तिय क्षेत्रमा गरिएको लगानि फस्टाएर जानेछ । प्राकृतिक स्रोत तथा तरल पदार्थको व्यापार फस्टाएर जानेछ भने आफन्त तथा अग्रजहरुको धन तथा सम्पतिको प्रयोग मार्फत आर्थिक रुपमा सम्पन्न हुन सकिनेछ । पढाई लेखाईमा भनेजस्तो नतिजा हात लाग्नेछ भने थोरै मेहनेत गर्दा पनि उत्कृष्ट नतिजा ल्याउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जानेछ भने पति पत्निबिच एक अर्कालाई सहयोग गर्दै अगाडि बढ्न सकिनेछ । शुभ अंक — २,३ शुभ दिशा — उत्तर शुभ रंग — खरानि कार्य सिद्धि मन्त्र — ॐ बासुदेवाय नम

 

मीन  दी,दू,थ,झ,ञ,दे,दो,चा,ची

 

परिवारमा सबैसँग सौहार्दपुर्ण बाताबरणमा रमाउँन पाउँदा रमाईलो महशुष हुनेछ । लामो समयदेखि भेट नभएका आफन्तसँग भेटघाट हुनेछ भने मिठा मिठा परिकारका साथ समय बिताउँन सकिनेछ । अध्ययनमा थोरै समय दिदा पनि उत्कृष्ट नतिजाको अपेक्षा गर्न सकिनेछ । माया प्रेम तथा प्रणय सम्बन्धमा भाफ्ना मनका कुराहरु खुलेर राख्न पाउँदा मन प्रशन्न हुनेछ । व्यापार व्यावसायमा भने समय दिन नसक्दा आम्दानि न्युन हुनेछ । खेलकुद तथा यस्तै क्रिर्याकलापमा जित हात पार्न सकिनेछ । शुभ अंक —३,९ शुभ दिशा — पुर्व शुभ रंग — पहेलो कार्य सिद्धि मन्त्र — ॐ शितिकण्ठाय नम