तरकारीमा सिन्डिकेटः अनुगमनकर्ता नै नियन्त्रणमा
प्रकासित मिति : ५ भाद्र २०७५, मंगलवार
प्रकासित समय : ०६:३७
काठमाडौं भदौ ५। वाणिज्य विभागको अनुगमन टोली सोमबार विहानै कालिमाटी पुग्दा तरकारी लिएर ललितपुर र बाराबाट आएका दुई गाडी भित्र पस्दै थिए । टोलीले दुवै गाडीका चालकसँग विल र कागजात माग्यो ।
नपाएपछि नियन्त्रणमा लियो । लगत्तै ब्यापारी भेला भएर विरोध गर्न थाले । त्यसपछि विवाद यति उग्र भयो कि व्यवासायीले अनुगमन टोलीलाई नै नियन्त्रणमा लिए ।
तरकारी विग्रिन्छ, खुला गरिदिनुस भन्दै व्यवासयी भेला भए, टोलीका संयोजक दीपक पोखरेलले भने, कारवाही अघि बढाउँछौँ भन्दा नाराजुलुस गरे ।
व्यापारीहरुले अनुगमन गर्न पाइँदैन सरकारी ोली मुर्दाबाद भन्दै नारा लगाएका थिए ।, आजको कान्तिपुर दैनिकमा छ ।