चिनियाँ राष्ट्रपति र मलेसियाली प्रधानमन्त्रीबीच भेटवार्ता

 बेइजिङ ।  चीनका राष्ट्रपति सि जिन पिङ र मलेसियाका प्रधानमन्त्री महाथिर मोहमदबीच भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका महाथिरले चीनको राजधानी बेइजिङमा सोमबार सीलाई भेटेका हुन्। भेटका क्रममा उनीहरुले आर्थिक समस्याबाट जुधिरहेको मलेसियालाई सहयोग गर्नेबारेमा छलफल गरेका थिए।

 

चीनको औपचारिक भ्रमणमा रहेका ९३ वर्षीय प्रधानमन्त्री महाथिरले यसअघि बेइजिङस्थित ग्रेटहल अफ द पिपुलमा चिनियाँ समकक्षी ली खछ्याङसँग संयुक्त पत्रकार सम्मेलन गरेका थिए। महाथिरले विशेष कृषि उत्पादन मलेसियाबाट खरिद गर्न चीनले सहमति जनाएको सो अवसरमा जानकारी दिए। रासस