बुधबार कुन कुन प्रदेशमा सार्वजनिक विदा हुने भयो

 

काठमाडौं, भदौ ५ । मुस्लिम धर्माबलम्वीहरुको पर्व बकर इदका अवसरमा प्रदेश नं.१, २ र ५ बुधबार सार्वजनिक बिदा दिने  निर्णय भएकाे छ ।

यता इस्लाम धर्मालम्बीहरूको पर्व बकर इदको अवसरमा प्रदेश १ को सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

यसअघि प्रदेश २ ले पनि बकर इदको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको थियो ।

बकर इदको उपलक्ष्यमा सार्वजनिक विदा दिन माग गर्दै मुस्लिम समुदायका संघसंस्थाले प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेललाई ज्ञापनपत्र बुझाएका थिए ।

संघीय सरकारले बिदा कटौती गरेपछि प्रदेश सरकारहरुले आफ्नाे -अाफ्नाे क्षेत्रमा बिदा दिँदै आएका छन् ।