कञ्चनपुर नदीमा डुबेर दुई बालिकाको मृत्यु

 

कञ्चनपुर भदौ ५ । कञ्चनपुरको पुर्नवास नगरपालिका १० विकास बस्तीका दुई जना बालिकाको माछा मार्ने क्रममा मंगलवार दोदा नदीमा डुवेर मृत्यु भएको छ ।

 

मृत्यु हुनेमा वर्ष १४ का अञ्जली चौधरी र वर्ष १० का माला राना रहेका छन् । साथीसंगै माछा मार्न गएका दुवै बालिकाको डुवेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटीले बताए । मृतक दुवै बालिकाको शव आफन्त जिम्मा लगाइएको छ ।