बौलाहा स्यालको टोकाइबाट ३ जना घाइते

 

बैतडी, भदौ ६। बैतडीको पाटन नगरपालिका विभिन्न वडामा बौलाहा स्यालको टोकाइबाट तीन जना घाइते भएका छन् । घाइते हुनेमा पाटन नगरपालिकाको ६ लोर्खाका दमन्ती जोशी, विन्दा जोशी र नरेन्द्र भण्डारी रहेका छन् ।

 

घरमै बसीरहेका बेला उनीहरुलाई मंगलबार बौलाहा स्यालले टोकेको स्थानीय रामसिंह विष्टले बताए। स्यालहरुले गाउँघरमै पसेर टोक्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको छ ।