पहिलो अभ्यास खेल : टस जितेर नेपाल ब्याटिङ गर्दै

 काठमाडौं भदौ ६ । एसिया कप क्रिकेटको छनोट खेल्ने तयारीमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले श्रीलंकाको स्थानीय क्लब आर्मी टिमसंग पहिलो अभ्यास खेल खेल्दैछ ।

आर्मी स्पोर्ट्स क्लबको घरेलु मैदान पानागोडामा नेपालले टस जितेर ब्याटिङ गरिरहेको छ । नेपाली टिमको कप्तानी ज्ञानेन्द्र मल्लले गरेका छन् । यो समाचार तयार पार्दासम्म नेपालले ४ ओभर खेलेर विना विकेटको क्षतिमा १४ रन जोडेको छ । ज्ञानेन्द्र ७ र सुवाष ४ रनमा खेलिरहेका छन् ।

पहिलो अभ्यास खेलमा नेपालको प्लेइङ सेट निम्न प्रकारको रहेको छ ।

ज्ञानेन्द्र मल्ल (कप्तान)
बसन्त रेग्मी

सुबास खकुरेल

विनोद भण्डारी

अनिल कुमार शाह

रोहित कुमार पौडेल

सोमपाल कामी

दिपेन्द्र सिंह ऐरी

ललित सिंह भण्डारी

सन्दीप लामिछाने

आरिफ सेख