नेपाली हिरो अनुप बिक्रम बलिउड पोर्न स्टार सन्नीसंग रोमान्स गर्दै

 

पोर्नस्टार हुँदै बलिउड प्रबेश गरेकी पोर्न स्टार तथा बलिउड नायिका सन्नी लियोनी अब नेपाली फिल्म खेल्ने भएकी छिन् । सनिले अव नेपाली हिरो अनुप बिक्रम संग रोमान्स गर्दैछिन् । फिल्म बलिउड र नेपाली फिल्म उद्योगका लगानीकर्ताको साझा लगानीमा बन्ने बताइएको छ । बिक्रम जोशीको निर्देशनमा बन्न लागेको फिल्ममा केही नेपाली कलाकारहरु समेत हुनेछन् ।

 

फिल्ममा अनुप बिक्रम शाही संगै छुल्ठिम गुरुङ, रविन्द्र झा, प्रविण खतिवडा लगायतको फिल्ममा महत्वपूर्ण भूमिका हुनेछ । फिल्मको सुटिङ लण्डनमा हुने बताइएको छ । केही दिनमै शुटिङ हुने भनिएको यस फिल्मकालागी सन्निले निक्कै मोटो रकम लिएको बुझिएको छ । तर कती परिश्रमिक लिएको भन्ने बारे भने खुलाईएको छैन ।