प्रेम गर्नुहोस, मायामा पर्दा मानिसलाई हुन्छ यस्ता ९ फाइदाहरु

 

काठमाडाै । माया गर्नु वा मायाजालमा पर्नु आफैँमा अनौठो अनुभूति हो, जसको अनुभव माया गर्नेलाई वा मायाको जालमा पर्नेलाई मात्र थाहा हुन्छ । माया वा ‘लभ’ले एक अर्कामा सुमधुर सम्बन्ध जोड्ने अवसर मात्र दिँदैन, स्वास्थ्यमै अभूतपूर्व फाइदा गर्छ । मायाका अनगिन्ती स्वास्थ्य फाइदा छन् । मायामा पर्दा स्वास्थ्यमा निम्न नौवटा फाइदा यस्ता छन्ः

छालामा चमक

मायामा पर्दा एउटा अनौठो अनुभव हुन सक्छ । आफूलाई संसारकै उच्च स्थानमा रहेको अनुभूति हुनुको अतिरिक्त मायाले तपाईंको छालामा चमक थपिदिन्छ । विज्ञहरुका अनुसार मायामा पर्दा शरीरले इन्ड्रोफिन्सलगायतका हर्मोन निष्कासन गर्छ । यसले पीडाबोधक हर्मोन कोर्टिसोल निष्कासनको मात्रा घटाउन सहयोग गर्छ ।

डिप्रेसन जित्ने शक्ति

माया गर्ने व्यक्तिको साथ र हात पाएपछि डिप्रेसनलाई सजिलै हराउन सकिन्छ । वैज्ञानिकहरुका अनुसार मायाले इन्ड्रोफिन्सलगायतका खुसी बनाउने हर्मोन निष्कासन गर्न सहयोग पु¥याउँछ । शरीरमा यस हर्मोनको वृद्धिले डिप्रेसनलाई जित्न सहयोग पुर्‍याउँछ ।

कमजोरीबाट टाढै राख्छ

अमेरिकाको हेल्थ एन्ड ह्युमन सर्भिस डिपार्टमेन्टको एक प्रतिवेदनअनुसार मायामा परेका जोडी अन्यको तुलनामा अझै बढी स्वस्थ र उनीहरुमा अन्य रोग वा कमजोरीको मात्रा तुलनात्मक रुपमा कम हुन्छ । यसको निश्चित कारण पत्तो नलगाए पनि एक अर्काको मायामा परेको जोडी अझै स्वस्थ भएर दीर्घजीवी हुने विषयमा चासो देखाउने, उचित व्यायाम गर्ने र नियमित परीक्षण गर्छन् ।

रक्तचाप घटाउँछ

एनल्स अफ बियभियरल मेडिसिनमा प्रकाशित एक अध्ययनअनुसार खुसी विवाह वा सम्बन्ध भएको जोडीको रक्तचाप अन्य (अविवाहित वा एकल)को तुलनामा न्यून थियो । तपाईंको सम्बन्धले रक्तचापलाई निर्देशित गर्ने स्वास्थ्य विज्ञहरु बताउँछन् । उनीहरुका अनुसार असन्तुलित वा नराम्रो सम्बन्ध हुने मानिसको रक्तचाप उच्च हुने गर्छ ।

तनाव घटाउँछ

मायाजालमा उनिनु निकै रमाइलो अनुभूति हो । राम्रो सम्बन्ध हुने जोडीमा निरन्तर खुसी बनाउने हर्मोन निष्कासन हुन्छ र तनावलगायतलाई हराउँछ । यसबाहेक तपार्इं खुसी हुँदा दुःखी बनाउने हर्मोन कोर्टिसलको मात्रा घट्छ र बिन्दास भएर बाँच्न सकिन्छ ।

 

उपचार छिटो4rहो, मायाले उपचार छिटो हुने वैज्ञानिक रुपमै प्रमाणित भइसकेको छ । अर्काइभ अफ जनरल साइक्याट्रियामा प्रकाशित एक अध्ययनअनुसार राम्रो र स्थिर सम्बन्ध हुने जोडीको घाउ अन्यको तुलनामा निकै छिटो निको भएको थियो । नराम्रो वा खराब सम्बन्ध हुने व्यक्तिमा न्यून उपचारको क्षमता भएको पनि अध्ययनले पुष्टि गरेको छ । निकै निराश, दुःखी, एक्लो वा हीनताबोध गर्ने व्यक्तिमा कोषहरु खुम्चिने भएकाले पनि उनीहरुको उपचार ढिलो हुन्छ ।

दीर्घायुको अवसर

विज्ञहरुका अनुसार खुसी र स्थिर सम्बन्ध भएका मानिसहरु धेरै वर्ष बाँच्छन् । मायाले एक अर्कोलाई सुरक्षा र आफ्ना दुःखसुःख आदानप्रदान गर्ने अवसर दिन्छ । जोडीमध्ये एउटालाई समस्या पर्दा अर्काेलाई आफ्ना समस्या सेयर गर्ने र छलफलबाट समाधानको उपाय समेत खोज्ने हुँदा प्रायः समस्या समाधान गरी विभिन्न रोग लाग्नबाट बचाउनुका साथै दीर्घजीवी हुने अवसर प्रदान गर्छ ।

शारीरिक तन्दुरुस्ती

सँगसँगै मिलेर काम गर्ने र सल्लाह गर्ने जोडीले सजिलै आफ्नो उद्देश्य पूरा गर्न सक्छ । यसबाहेक मायामा जमेको जोडीले एक अर्कालाई स्वस्थ रहन उत्प्रेरणा दिनुका साथै सुन्दर र फुर्तिलो हुन हौसला प्रदान गर्छ

मासिक धर्म नियमित

माया र नियमित यौन सम्पर्कले तपाईंको मासिक धर्मलाई नियमित बनाउन सहयोग गर्छ । प्लान्ड प्यारेन्टहुडमा प्रकाशित एक अध्ययनअनुसार सातामा कम्तीमा एकपटक यौन सम्पर्क गर्ने महिलामा मासिक धर्म नियमित पाइएको थियो । स्वास्थ्य खबरपत्रिका