तपाईंलाई एलर्जीले सताउँछ भने यसो गर्नुस्

 

काठमाडौँ, भदौ ७। हामीले धेरै सुनेको मात्र होइन, झेलिरहेको समस्या पनि हो, एलर्जी । कोही छालाको एलर्जीले ग्रस्त छन्, कोही खानाको । कसैलाई धुलोको एलर्जी त कसैलाई बनस्पतिको । मान्छेको रगत, छाला एवं शरीरको प्रकृति अनुसार पनि एलर्जी हुने गर्छ ।

 

एलर्जी तब हुने गर्छ, जब शरीरले कुनै कुरा प्रति तत्काल प्रतिकि्रया जनाउँछ । शरीरमा एलर्जी पैदा गर्ने पदार्थलाई एलर्जन भन्ने गरिन्छ, जुन शरीर भन्दा बाहिरका बस्तुबाट बन्छ । एलर्जन विरुद्ध शरीरले जनाउने प्रतिकि्रयाकै आधारमा शरीरमा एलर्जी हुने भएकोले यस्ता एलर्जी सामान्यदेखि जटिल प्रकारका हुने गर्छ ।

 

एलर्जी यसै पनि मानिसहरुमा आम हुने गर्दछ । अझ बच्चाहरुमा यस्ता एलर्जी अझै धेरै आम हुने गर्दछ । बच्चामा हुने केही एलर्जी बढ्दो उमेर सँगै कम भएर जान्छ । तर केही बच्चामा भने यस्तो एलर्जी लामो समयसम्म रहिरहने गर्दछ । यद्यपी, कुनै कुनै एलर्जी युवा अवस्थामा पनि अचानक देखिन सक्छ । समयमै यस्ता एलर्जीबारे ध्यान नदिएको खण्डमा यसले भविष्यमा घातक रुप लिन सक्दछ ।

कस्ता-कस्ता एलर्जी ?

एलर्जी विभिन्न प्रकारका हुन्छन् ।

कयौ फूलको मानसलाई पराग, धुलोधुला तथा पाल्तु जनावरको रौंका कारण पनि एलर्जी हुने गर्दछ ।

विभिन्न किसिमको धातु, वनस्पति, दूध वा रसायनका कारण पनि मानिसलाई एलर्जी हुने गर्दछ । अण्डा, कर्कलो, बदाम , मेवा, सोयाविन, मशरुम, गहुँ , ग्लूटेन लगायतका खाद्यान्नका कारण पनि एलर्जी हुनसक्दछ । बारुला, कमिला लगायतका किराले टोकेमा पनि एलर्जी हुने गर्दछ ।

सरसफाईको कमी, सौन्दर्यका प्रधानको प्रयोग, औषधीको साइड इफेक्ट्स तथा छाला सुख्खा भएमा पनि एलर्जी हुने गर्दछ ।

एलर्जीको कुनै प्राकृतिक उपचार छैन । यद्यपी, चिकित्सकीय उपचार पद्धतिद्धारा यस्ता एलर्जीलाई कम गर्न भने सकिन्छ । त्यस्तै, आफूलाई एलर्जी हुन सक्ने खाद्यान्न तथा वस्तुबाट दुरी कायम गरेर पनि यस्ता एलर्जीबाट बच्न सकिन्छ ।

कसरी थाहा पाउने ?

एलर्जी भएमा छालामा ससाना विमिरा तथा दाना देखिने गर्दछ । त्यस्तै, सास लिनमा कठिनाई हुने, ढुकढुकी बढ्ने, घाँटी खसखस हुने गर्दछ । यसबाट शरीरमा एलर्जी भएमा यी लक्षणहरु देखा पर्ने गर्दछ ।

१-नाक चिलाउने, नाकबाट निरन्तर पानी बग्ने तथा नाक बन्द हुने

२-हाछिँउ आउने

३-आँखा चिलाउने, रातो हुने, सुन्निने, पोल्ने वा आँखाबाट पानी बग्ने

४-घाँटी, चिलाउने, खसखसाउने,

५-उल्टी हुने , पखाला लाग्ने, पेट फुल्ने

६-स्वादमा कमी आउने

७-टाउको दुख्नने

८-पेट दुख्ने, पेट बटारिने

९-मुख, अनुहार लगायत शरीरका विभिन्न फुल्ने तथा सुन्निने

कसरी बच्ने ?

एलर्जी हुदाँ यी कुरामा ध्यान दिएर पनि एलर्जी हुनबाट बच्न सकिन्छ । जुन यस प्रकार छ।

१-घरबाट बाहिर निस्कदा सन्सक्रिमको प्रयोग गर्नुका साथै मुख राम्ररी छोपेर निस्कने

२-पटक पटक चिसो पानीले अनुहारको सफाई राम्ररी गर्ने ।

३-एलोवेरा जेल वा एलोवेराबाट बनेको सन्सक्रिमको प्रयोग गर्ने

४-एलर्जी हुने व्यक्तिले शरीरको सरसफाईमा विशेष ध्यान दिने

५-फिल्टर गरिएकै पानीको सेवन गर्ने

के कुरामा ख्याल राख्ने ?

एलर्जीबारे चिकित्सकसित परामर्श गरेर पनि यसबाट जोगिन सकिन्छ । त्यस्तै, छाला तथा रगतको जाँच मार्फत एलर्जीको कारण पत्ता लगाएर तथा लक्षणका आधारमा औषधीको सेवन गरेर पनि एलर्जी गर्ने असरबाट जोगिन सकिन्छ ।

त्यसबाहेक,

१-छालामा एलर्जी भएमा छाला नचिलाएर

२-शरीरमा हावा खेल्न दिएर

३-जुन कुराबाट एलर्जी भएको छ, त्यसबाट टाढा रहेर पनि एलर्जीबाट बच्न सकिन्छ ।