कञ्चनपुरमा आन्दोलन, झन् चर्कियाे एसएसपी चन्दलाई खटाइयो

कञ्चनपुर भदौ ७। कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाको बलात्कारपछि हत्या आरोपमा प्रहरीले अभियुक्त सार्वजनिक गरेपछि अहिले झन् आन्दोलन चर्किन थालेको छ । केहीदिन यता दिनहुँ त्यहाँ आन्दोलन भइरहेको छ ।

 

आन्दोलन चर्किन थालेपछि एसएसपी विक्रमबहादुर चन्दलाई कञ्चनपुर पठाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार महेन्द्रनगरमा शान्ति सुरक्षा कायम गर्न एसएसपी चन्दलाई खटाइएको हो 

 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र जिल्ला प्रहरी कार्यालयले नै अनुसन्धान गरिरहेको अवस्थामा एसएसपीले थप अनुसन्धानमा सहयोग गर्ने प्रदेश प्रहरीले जनाएको छ । बलात्कारपछि निर्मला हत्याकाण्डमा अहिलेसम्म भएको अनुसन्धान र अबको छानबिनको सम्पूर्ण जिम्मेवारी एसएसपी चन्दले लिने प्रहरीले जनाएको छ ।

आन्दोलन चर्किन थालेपछि एसएसपी विक्रमबहादुर चन्दलाई कञ्चनपुर पठाएको छ । प्रदेश प्रहरी कार्यालयका अनुसार महेन्द्रनगरमा शान्ति सुरक्षा कायम गर्न एसएसपी चन्दलाई खटाइएको छ ।