नेकपा नेता भट्टले गृहमन्त्री भेटे, निर्मला हत्या प्रकरणको उच्चस्तरीय छानविन गर्न माग

काठमाडौं भदौ ७। नेकपाका स्थायी समिती सदस्य एंवम् पुर्वमन्त्री लेखराज भट्टले घटनाको सत्य तथ्य छानविन गर्न गृहमन्त्री रामबहादुर थापालाई भेटी गृहमन्त्रालयबाटै उच्चस्तरीय समिती बनाइदिन आग्रह गरे । नेता भट्टले उच्चस्तरीय समिती वा उच्च अधिकारीलाई छानविनको जिम्मा लगाउन गृहमन्त्रीसंग माग गरेको गृहमन्त्रीसंगको भेटमा सहभागी नेकपाका युवा नेता ओमविक्रम भाटले जानकारी दिए ।

कंचनपुरकी १३ बर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छनविनको बारेमा नेकपा नेताहरुले गृहमन्त्रीको ध्यानआकर्षण गराएका छन्

जवाफमा गृहमन्त्री थापाले घटना बारेको नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरो (सिआईबी) ले अनुसन्धान  गरिरहेको र त्यसमा प्रहरीको भुमिका सहायक रहेको बताएका थिए । उनले अपराधीलाई खोज्नमा कुनै कसर बाकी नराखीने र दोषीलाई कार्वाही गरेरै छोड्ने प्रतिवद्धता समेत भेटमा व्यक्त गरेका छन् । घटनामा कुनै पनि निर्दोष नागरीकलाई फस्न नदिने गृहमन्त्री थापाको भनाई थियो ।

 

गृहमन्त्री थापाको निर्देशनमा बुधवार नै प्रहरी प्रधान कार्यालयले घटनाको अनुसन्धानका लागि प्रदेश ७ प्रहरीका एसएसपी विक्रम चन्दलाई खटाइसकेको छ ।

 

घटना भएको एक महिना पुग्न लाग्दा प्रहरीले गत सोमबार मात्र ४१ वर्षीय दिलीपसिंह बिष्टलाई पक्राउ गरी कर्तव्य ज्यान मुद्दामा कारबाही अघि बढाएको थियो।

 

तर, असामान्य व्यक्ति विष्टलाई पक्राउ गरी अभियुक्तलाई उम्काउने प्रयास गरेको भन्दै मंगलबारदेखि स्थानीयले महेन्द्रनगर बजार बन्द गराएका छन्। अचेल महेन्द्रनगर तनावग्रस्त छ, दिनहुं प्रदर्शन भइरहेको छ। बुधबार मात्र दुई राउण्ड हवाई फायर, ११ राउण्ड अश्रुग्यास प्रहार भएको थियो।

 

घटनाको कञ्चनपुर प्रहरी र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अनुसन्धान गरिरहेपनि स्थानीयको आशंका कायमै छ।

 

निर्मला हत्या प्रकरणमा प्रभावकारी अनुसन्धान नभएको भन्दै स्थानीयहरु पहिलेदेखि नै असन्तुष्ट छन्। प्रहरी स्रोतका अनुसार विष्टलाई प्रहरी प्रधान कार्यालय तान्ने तयारी भइरहेको छ। उनी केही महिना अघि मात्र कञ्चनपुर प्रहरी प्रमुख बनेका थिए।

 

स्थानीयले कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीसिंह विष्ट र डिएसपीको सरुवाको माग गरिहेका बेला प्रहरी प्रधान कार्यालयले अनुसन्धानको जिम्मा एसएसपी चन्दलाई दिएको हो। २०७२ मा टीकापुर घटना हुंदा एसपी रहेका चन्द कैलाली प्रहरी प्रमुख थिए । टिकापुर घटनाको अनुसन्धानमा समेत राम्रो भुमिका खेलेको भन्दै नेता भट्टले चन्दलाई नै पठाउन समेत आग्रह गरेको स्रोतको दाबी छ।