बागमतीमा एक वर्षमा थपिए २९ हजार सवारी साधन

 

काठमाडौं, भदौ ८ । बागमती अञ्चलमा एकै बर्षमा एक लाख २९ हजार सवारीसाधन थपिएका छन् । यातायात व्यवस्था विभागका अनुसार आर्थिक बर्ष २०७४ ७५ मा बागमती अञ्चलमा एक लाख २९ हजार ५ सय ५७ सानाठूला सवारीसाधन भित्र्याइएका हुन् ।

 

काठमाडौं उपत्यकामा बर्षेनि अत्याधिक मात्रामा सवारीसाधन भित्र्याउने क्रम बढेसँगै ट्राफिक जाम बढ्न थालेको छ । बागमती अञ्चलमा गत आवमा एक लाख ४ हजार ४ सय ४४ मोटरसाइकल र सानाठूला सवारी २५ हजार १ सय १३ थपिएका हुन् ।

 

आव २०७३/७४ मा बागमती अञ्चलमा एक लाख २० हजार सवारीसाधन दर्ता भएका छन् । त्यसभन्दा अघिल्लो बर्ष भने ७२ हजार सात सय ३३ सवारीसाधन दर्ता भएका थिए । नागरिकबाट ।