सर्पले टोक्यो भने नडराई गर्नुहोस यस्ता प्राथमिक उपचार

 

काठमाडौं । वर्षातको बेला सर्पले टोक्ने र ज्यान जाने समाचारहरू आइरहेका छन् । गाउँमा सर्पदंशको उपचार छिटो हुन नसक्दा ज्यान जाने गरेको चिकित्सकहरूको भनाइ छ ।

 

यस्तो अवस्थामा सर्पले डसेको एक मिनेटभित्रै शरीरमा भएका टाइट गहना र कपडा फुकाल्नुपर्छ । उक्त ठाउँमा टाइट पट्टी बाँध्नुहुँदैन ।

जुन ठाउँमा सर्पले डसेको छ उक्त भागलाई मुटुको लेभलभन्दा तल राख्नुपर्छ । चुसेर विष निकाल्ने प्रयास गर्नुहुँदैन । अल्कोहल, चिया, कफी पिउने गल्ती गर्नुहुँदैन ।

 

घाइतेलाई जहाँ छ त्यस्तै अवस्थामा स्थिर राख्नुपर्छ । यसो गर्दा विष शरीरका अन्य भागमा फैलन पाउँदैन । सर्पले जुन ठाउँमा टोकेको छ उक्त ठाउँमा हल्का कपडाले छोप्नुपर्छ । घाइतेलाई शान्त राख्ने प्रयास गर्नुपर्छ ।

 

सर्पले टोकेको चार घन्टाभित्र एन्टिभेनमको इन्जेक्सन दिनुपर्छ । डसेपछि मार्नका लागि सर्प समात्ने प्रयास गर्नुहुँदैन । किनकि, यसले अरूलाई पनि डस्न सक्छ ।