प्रहरी दमनविरुद्ध कञ्चनपुरका विद्यालय बन्द

 

कञ्चनपुर, भदौ ८ । १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा वास्तविक दोषी सार्वजनिक गर्न माग राख्दै स्थानीय बासिन्दाले थालेको आन्दोलनमा प्रहरीले चरम दमद गरेको विरोधमा कञ्चनपुरका विद्यालयहरु बन्द गरिएका छन् ।

 

स्थानीय बासिन्दाको आन्दोलनमा प्रहरी प्रशासनबाट दमन भएको भन्दै जिल्लास्थित प्याप्सन, एनप्याप्सन आवद्ध विद्यालयले एक दिने विद्यालय बन्दको घोषणा गरेका हुन् ।

 

घटनापछि स्थानीय प्रशासनले लगाएको कर्फ्यु शुक्रबार बिहान ५ बजेपछि खुलेको छ । कर्फ्यु खुलेसँगै महेन्द्रनगरको अवस्था सामान्य बन्दै गएपनि विद्यालयहरु भने बन्द भएका छन् ।

 

आन्दोलनमा समर्थन जनाउदै शुक्रबार जिल्लाका कुनै पनि विद्यालयहरु सञ्चालनमा आएका छैनन् । प्रहरीले बिहिबार स्थानीय बासिन्दाको आन्दोलनमा गोली प्रहार गरेको थियो । गोली लागेर ८ जना घाइते भएका थिए ।