निर्मला हत्या प्रकरण : छानवीन गर्न उच्चस्तरीय टोली महेन्द्रनगरमा

 

कञ्चनपुर, भदौ ८ । कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको प्रहरीले नक्कली अभियुक्त उभ्याएको भन्दै विरोध प्रदर्शन भएपछि सरकारले गठन गरेको छानवीन समिति शुक्रवार बिहान महेन्द्रनगर आइपुगेको छ।

 

सत्यतथ्य छानवीन गरी प्रतिवेदन तयार गर्न १५ दिनको म्याद दिइएको समितिले आजैदेखि छानविन शुरु गर्ने संयोजक मैनालीले बताए। उक्त समितिमा तीनै सुरक्षा निकायका डीआइजीहरु, प्रदेश ७ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयका एकजना प्रतिनिधि छन् ।

 

 

गृहमन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा बिहीबार गठन गरिएको पाँच सदस्यीय छानवीन समिति शुक्रवार विहान काठमाडौबाट बुद्ध एयरमार्फत धनगढी हुँदै महेन्द्रनगर पुगेको हो ।