नवविवाहित जाेडीले गरे आत्महत्या

 

कञ्चनपुर भदौ ८ । कञ्चनपुरको महाकाली नगरपालिका–६ मा एक दम्पतीले आफ्नै घरको कोठामा झण्डिएर आत्महत्या गरेका छन्। आफ्नै सुत्ने कोठामा झुण्डिएर स्थानीय २२ वर्षीय मनोज थापा र २१ वर्षीया दीपा थापाले शुक्रबार आत्महत्या गरेको इलाका प्रहरी कार्यालय दोधराचाँदनीले जनाएको छ।

घटनास्थल पुगेका इलाका प्रहरी कार्यालयबाट प्रहरी नायब निरीक्षक नारायण गिरीले श्रीमान्-श्रीमती अलग-अलग चुन्नीमा झुण्डिएको अवस्थामा भेटिएको बताए। मृतकका भाइले झ्यालबाट दाइ-भाउजु झुण्डिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। मृतकहरुको गत जेठमा विवाह भएको थियो।रासस