राष्ट्रिय फुटबल खेलाडीको जर्सीमा जीपीए जडान गर्दै प्रशिक्षण

 

काठमाडौं भदाै ८। अखिल नेपाल फुटबल संघ९एन्फा०ले पहिलो पटक राष्ट्रिय खेलाडीहरुको जर्सीमा जीपीएस प्रविधिको प्रयोग गरेको छ। खेलाडीहरुको निगरानीका लागि एन्फाले राष्ट्रिय खेलाडीहरुको बन्द प्रशिक्षणका क्रममा शुक्रबारबाट उनीहरुको जर्सीमा जीपीएस ट्रयाकिङ प्रविधि जडान गरेको हो।

 

यस प्रविधिका माध्यमबाट खेलाडीहरुको प्रदर्शन मापनमा सहयोग पुग्ने एन्फाले जनाएको छ। यस प्रविधिको जडानबाट खेलाडीहरुको प्रदर्शन, तथ्य तथ्यांक हेर्न पाइनुका साथै उनीहरुलाई सम्भावित चोटपटक बाट समेत जोगाउन मदत पुग्नेछ।

 

यस प्रविधिबाट खेलाडीहरुको शरीरिक अवस्था, मुटुको चाल आदिको अवस्था थाहा पाउन सकिन्छ,’ उनले भने, ‘यसले उनीहरुको अवस्था सुधार्दै राम्रो प्रदर्शन दिन मद्दत पुर्याउनेछ।’ राष्ट्रिय टोलीका प्रशिक्षक बालगोपाल महर्जनले यस प्रविधिको प्रयोगसँगै नेपाली फुटबलमा वैज्ञानिक युगले प्रवेश गरेको बताए।

 

महर्जनले भने, ‘यसले खेलाडीको तयारी र व्यवहारलाई समेत नियन्त्रण गर्न सघाउ पुर्याउनेछ।’ दक्षिण एसियाली फुटबल९साफ०को तयारीमा व्यस्त २९ जना नेपाली खेलाडीको जर्सीमा हाल यो प्रविधि जडान गरिएको छ।

 

साफ च्याम्पियन्ससिप सेप्टेम्बर ४ देखि १५ सम्म बंगलादेशको ढाकामा हुँदैछ। च्याम्पियन्ससिपको समूह एमा रहेका नेपालका प्रतिद्वन्द्वीहरुमा बंगलादेश, पाकिस्तान र भुटान रहेका छन्।