नेपालले , श्रीलंकालाइ फराकिलो अन्तरले पराजित

 काठमाडौं, भाद्र ८ ।दीपेन्द्रसिंह ऐरी र सागर पुन चम्किएपछि श्रीलंकाको ब्लुमफिल्ड क्लबलाई नेपालले ७६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । ऐरीले शतकीय ९६ बलमा १२१ रन बनाए । यस्तै सागर पुनले ८२ बल खेल्दै ९२ रनको योगदान दिए ।

 

एसिया कप छनोटको तयारी गर्न श्रीलंका पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार भएको खेलमा श्रीलंकाको फस्ट क्लास क्लब ब्लुमफिल्ड क्लबलाई डकवर्थ लेविस (डिएल) पद्दतिको आधारमा १७६ रनले हराएको हो ।

 

नेपालले दिएको ३२४ रनको फराकिलो लक्ष्यसहित घरेलु टोलीले जवाफी ब्याटिङ गरिरहदा खराब प्रकाशको कारण खेल रोकिएको थियो । खेल रोकिनुअघि ब्लुमफिल्डले ३८ ओभरमा ९ विकेट गुमाएर १३४ रन बनाएको थियो ।

 

त्यसपछि खेल हुन सकेन र नेपालले डिएलको आधारमा जित निकाल्यो । ब्लुमफिल्डका लागि सनोज धर्शैकाले ३८, सचीन जयवर्द्धनेले ३० तथा कुसन एकनायके र सेशन फर्नान्डोले समान १६र१६ रन जोडे । नेपालका सागर पुनले ३ विकेट लिए ।

 

त्यस्तै ललित भण्डारीले २ तथा बसन्त रेग्मी, ललित राजवंशी र कप्तान पारस खड्काले समान १ १ विकेट लिन सफल भए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३२३ रन बनाएको थियो ।

 

मलेसियामा अगष्ट अन्तिम साताबाट आयोजना हुने एसिया कपको तयारीमा रहेको नेपालले श्रीलंकामा अभ्यास खेल खेलिरहेको हो । नेपालले अब अन्तिम अभ्यास खेलमा कोल्ट्ससँग आइतबार उसैको मैदानमा खेल्ने छ ।

 

यसअघि नेपालले पहिलो अभ्यास खेलमा श्रीलंका आर्मी स्पोर्ट्स क्लबलाई ६७ रनले हराएको थियो । तीन अभ्यास खेलपछि नेपाली टोली अगष्ट २७ मा श्रीलंकाबाटै मलेसिया प्रस्थान गर्ने छन् । एसिया कपको छनोटमा नेपालसहित आयोजक मलेसिया, युएई, हङकङ,सिंगापुर र ओमानले खेल्ने छन् ।