प्रदेश ७ मा भोलि सार्वजनिक विदा

अत्तरिया, भदौ ९ । जनैपूर्णिममा तथा रक्षाबन्दनको अवसरमा प्रदेश ७ को सरकारले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

प्रदेश सरकारले प्रदेश मातहतका सरकारी कार्यालयहरु तथा सार्वजनिक निकायहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको आन्तररिक मामिला तथा कानून मन्त्रालयका सचिव शंकर अर्यालद्धारा हस्ताक्षारित विज्ञप्तिमा जनाइएको छ ।